१३ बैशाख २०८१, बिहीबार

पेट्रोलियम पदार्थको ढुवानीमा भएको सिण्डिकेट हटाउन नेकपा ओखलढुंगाको माग

0

ओखलढुंगा / नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति ओखलढुंगाले पेट्रोलियम पदार्थको ढुवानीमा भएको सिण्डिकेटका कारण महङ्गी थप आकासियको भन्दै ढुवानी प्रक्रियामा नियमन गर्न माग गरेको छ।आइतबार नेकपा ओखलढुंगा इन्चार्ज लक्ष्मण सी र सेक्रेटरी बोज सी द्वारा संयुक्त हस्ताक्षरित एक प्रेस बिज्ञप्ती जारी गर्दै यस्तो माग गरिएको हो।

नेकपा ओखलढुंगाद्वारा जारी बिज्ञप्तीमा पेट्रोलियम पदार्थको ढुवानी व्यवसायको सेन्डीकेट र हिजो कच्चि सडकको भाडादर अहिले पनि सडक पिच हुदा कच्चि सडककै भाडा दर लिएका कारणले जनताको उपभोग्य वस्तुको मुल्य वृद्धि र महंगी दिन दुई गुणा र रात चार गुणा वृद्धि भएको छ । जसले गर्दा सर्वसाधरणको जीवनयापनको कष्टकर बनेको छ । यस विषयमा हाम्रो पार्टीको गम्भिर ध्यानकर्षण भएको छ ।

पेट्रोलियम पदार्थको ढुवानी भाडादर तत्काल घटाउनको लागि पेट्रोलियम पदार्थको दुवानी व्यवसायी संघ र राज्यको सम्बन्धित निकायको गम्भिर ध्यानकर्षण गराउँदछौ । मुल्य समायोजन गरी तत्काल उपभोक्तालाई सहज गराउनको लागि आग्रह गर्दछौ । अन्यथा उपभोक्ताको हक अधिकारको संरक्षणका लागि संघर्षको कार्यक्रम घोषणा गर्न हाम्रो पार्टी बाध्य हुने छ भन्दै संघर्ष गर्ने चेतावनी समेत दिइएको छ।

यस्तो छ बिज्ञप्तीको पुर्णपाठ:

देशको प्राकृतिक श्रोतसाधन, श्रम, बजार पुँजीमा लुट मच्चाउदै एकाधिकार कायम गरेका छन् भने अर्कोतिर देश जनता दिन प्रतिदिन राष्ट्रघात,भ्रष्टचार, महंगी, कालोबजारीको मारमा पिल्सीनु परेको छ । यस अवस्थाबाट देशलाई मुक्त गर्न नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय स्वाधिनताको पक्षमा, जनताको जनजिविका र जनतन्त्रको विषयलाई लिएर एकिकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापनाको लागि संघर्ष गर्दै आएको कुरा यहाँहरुलाई सर्वविदितै छ ।

यसै सन्दर्भमा ओखलढुंगा लगायत पहाडी जिल्लाहरुमा पेट्रोलियम पदार्थको मुल्य वृद्धि र पेट्रोलियम पदार्थको ढुवानीको चर्को भाडा दर कायमले जनताको दैनिक उपभोग्य बस्तुको महंगी र यातायात भाडाको वृद्धिदर भएको छ । पेट्रोलियम पदार्थको ढुवानी व्यवसायको सेन्डीकेट र हिजो कच्चि सडकको भाडादर अहिले पनि सडक पिच हुदा कच्चि सडककै भाडा दर लिएका कारणले जनताको उपभोग्य वस्तुको मुल्य वृद्धि र महंगी दिन दुई गुणा र रात चार गुणा वृद्धि भएको छ । जसले गर्दा सर्वसाधरणको जीवनयापनको कष्टकर बनेको छ । यस विषयमा हाम्रो पार्टीको गम्भिर ध्यानकर्षण भएको छ ।
पेट्रोलियम पदार्थको ढुवानी भाडादर तत्काल घटाउनको लागि पेट्रोलियम पदार्थको दुवानी व्यवसायी संघ र राज्यको सम्बन्धित निकायको गम्भिर ध्यानकर्षण गराउँदछौ । मुल्य समायोजन गरी तत्काल उपभोक्तालाई सहज गराउनको लागि आग्रह गर्दछौ । अन्यथा उपभोक्ताको हक अधिकारको संरक्षणका लागि संघर्षको कार्यक्रम घोषणा गर्न हाम्रो पार्टी बाध्य हुने छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।