१४ बैशाख २०८१, शुक्रबार

विर्तामोडमा गायक जीवन शर्मासँगै जनवादी गीतमा नाचे तीन पुस्ता

0

विर्तामोड । “राष्ट्रका लागि सांगीतिक अभियात्रा” लिएर देशव्यापी अभियानमा हिँडेका दर्जनौं बढी कलाकारहरुसँगै जनवादी गीतमा झापाका जनताले फेरि एकपटक नाच्ने अवसर पाए।

बरिस्ठ जनवादी गायक जीवन शर्मा, उदय श्रेष्ठ, ओम श्रेष्ठ, चिरण सी , नारायण शर्मा, मोहित श्रेष्ठ लगायत दर्जनौं कलाकारहरूले विभिन्न जनवादी गीत संगीत मार्फत सबैलाई एकताको सन्देश दिएका थिए।

कार्यक्रमको अन्तिम समयमा आफ्नो गीत प्रस्तुत गरेका जीवन शर्माले जब गीत गाउन शुरु गरे तब हलमा भरिभराउ रहेका सबै उपस्थित दर्शकले सँगै नाच्न र गाउन थाले ।

शर्माले एकताको सन्देश दिन बहुचर्चित गीत “रातो लालटिन” गाउन शुरु गरेसँगै सबै उपस्थित दर्शक हुटिङ सहित नाच्न र गाउन थालेका थिए। विर्तामोडको सिटी सेन्टर स्थि साही प्यालेसमा भएको उक्त कार्यक्रममा उपस्थित दर्शकमा साना केटाकेटी देखि वृद्धवृद्वासमेत सामेल थिए।

शर्माले लगातार गित गाउने क्रममा “मधेस पहाड , हिमाली हामी सबै नेपाली” र सीमली छायामा बसी बोलको गीत गाएका थिए।

सबैभन्दा सम्झन लायक र हेर्न लायक दृश्य भीडमा देखिन्थ्यो । नेपाली कलाकारीता र गीतसंगितको क्षेत्र छाडा र विकृत बन्दै गएका कारण बालबालिकामा नकारात्मक असर परेको पाइन्छ भने हिन्दी गीत र कार्टुन मात्रै रुचाउने अधिकांश बच्चाहरु भेटिन्छन् ।

तर, आज विर्तामोडको दृश्य फरक थियोे । जीवन शर्मा लगायतका कलाकारहरुले जनवादी गीत गाउँदै गर्दा सँगै नाच्नेहरुमा तीन पुस्ता नै देखिन्थे । दशवर्षे माओवादी जनयुद्ध लडेर आएकाहरुदेखि त्यो इतिहास नै बुझ्ने बेला नभएका कलिला नानीहरू समेत जनवादी गीतमा झुमेका देखिन्थे। आफ्नो प्रस्तुति पछि पनि जीवन शर्मासँग फोटो खिचाउन तीन पुस्ता नै अग्रसर देखिन्थ्यो भने ती दृश्यले कलाकारहरू भावुक बनेका थिए।

यश पश्चात् पुनः सांगीतिक महोत्सव नै लिएर पुर्व आउने बाचा सहित कलाकारहरुको टोली काठमाडौं फर्किएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।