१६ चैत्र २०८०, शुक्रबार

राज्यले जेलनेल र हिरासतको कल्पना गरे त्यो प्रतिउत्पादक हुनेछ : श्याम सी

0

काठमाडौँ: राज्यले जेलनेल र हिरासतको कल्पना गरे त्यो प्रतिउतपादक हुने अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ का केन्द्रीय अध्यक्ष श्याम सीले एक प्रेस विज्ञप्तिमार्फत बताएका छन् ।

मजदुर हकहितका लागि क्रान्तिमा अहोरात्र र अनवरत भूमिकामा रहेको सँगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ विगत तीन महिनदेखि अभियानको क्रममा रहेकोले संगठन सम्बन्धि कामको सिलसिलामा खटिएका कार्यकर्तालाई प्रचण्ड सरकारको गृहप्रशासनले विना कारण धरपकड गरेको भन्दै उनले यस्तो भनेका हुन् ।

आइतबार संगठनले तय गरेको भेटघाटकै सिलसिलामा काठमाडौँको सितापाइलाबाट महासंघका केन्द्रीय सदस्य लालबहादुर तामाङ,अस्सिम किरण महर्जन, दिनेश नेपाल, सुनिल थिङलाई विना कारण गिरफ्तार गरि झुट्टा मुद्दामा फसाउने काम गरेको भन्दै संघका केन्द्रीय अध्यक्ष श्याम सीद्वारा हस्ताक्षरित विज्ञप्तिमा घोर भत्सर्ना गर्नुका साथै गिरफ्तार कार्यकर्तालाई बिनासर्त सरसम्मान रिहाइको माग गरिएको छ ।
विज्ञप्तिको पूर्ण पाठ-
हाम्रो गौरवशाली संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ लामो समयदेखि श्रमजीवी  श्रमिक अधिकार र न्याय र स्वतन्त्रताको लागि संघर्षको अवस्थाबाट गुज्रिएको छ । दलाल संसदीय व्यवस्थाले श्रमजीवी  मजदुरहरुलाई उत्पीडन, विभेद र शोषण गर्दै हायर एण्ड फाएर, नो वर्क नो पे कार्यहरु गरिरहेको छ ।यसका विरुद्ध क्रान्तिकारी ट्रेड युनियनहरु निरन्तर संघर्ष गरिरहेको छ ।
      यहि सन्दर्भमा हाम्रो संगठनको तीन महिने सांगठनिक अभियानकै क्रममा हिजो ०७९/१२/२६ गते बिहान संगठनका केन्द्रिय सदस्य कमरेडहरु लाल बहादुर तामाङ, असिम महर्जन, दिनेश नेपाल र जिल्ला सदस्य सुनिल थिङ्लाई काठमाडौँ सितापाईलाबाट प्रचण्ड सरकारको गृह प्रशासनले गिरफ्तार गरी झुट्टा मुद्दा  लगाई स्वम्भुस्थित प्रहरी चौकीको हिरासतमा राखेको छ । यस कार्यको हाम्रो संगठन घोर निन्दा एवं भ्रत्सना गर्दछ र गिरफ्तार कमरेडहरुलाई बिनासर्त तत्काल रिहाई गर्न जोडदार माग गर्दछौं । कुनै पनि शासन व्यवस्था र जनविरोधी शासकहरु जनताको आन्दोलन न्यायपुर्ण संघर्षको अगाडि टिक्न सकेका छैनन् । श्रमजीवी जनताको आन्दोलन र न्यायपुर्ण संघर्षको रक्षाका लागि कसैको बन्दुक, जेलनेल र हिरासतले रोक्ने कल्पना गरिए त्यो प्रतिउत्पादक बन्ने छ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।