२२ बैशाख २०८१, शनिबार

कर्णाली मुक्ति मोर्चाद्धारा क्षेत्रिय उत्पीडन र सामाजिक विभेदकाे अन्त्य गरिनुपर्ने माग

0

२८, चैत, कालिकोट /कर्णाली मुक्ति मोर्चा नेपालले कर्णालीका जनतामाथि हुने क्षेत्रिय उत्पीडन, उपेक्षा, असमानता, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन लगायत विभिन्न क्षेत्रमा हुने सामाजिक विभेदको अन्त्यको माग गरेको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय कालिकोट मार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाउदै मोर्चाले राज्यको वेवास्ता, उपेक्षा, विभेदकारी नीति, लघुवित्त, मिटरव्याजी चर्को शोषण आतंक, महंगी, भ्रष्टाचारी, कालोबजारी, कमिशन, दलाली करणको अन्त्य गरि आत्मनिर्भरता र समृद्धि कर्णालीको माग गरेको छ ।

मोर्चाले राजनीतिक, आर्थिक, धार्मिक, सांस्कृतिक र पर्यावरणीय क्षेत्रमा समेत वैदेशिक हस्तक्षेप बढ्को भन्दै जनतन्त्र, जनजीविका, समानता र समृद्धिका लागि राष्ट्रिय स्वाधीनताको माग गरेको छ ।

यस्तै आत्मनिर्भर कर्णालीको लागि उत्पादनको विशेष योजना निर्माण गरी उत्पादित वस्तुको भण्डारण तथा व्यवस्थापन र बजारीकरण, कर्णालीको प्राकृतिक सम्पदाको संरक्षण र संवद्र्धन गरी पर्यटकीय विकासको माग गरेको छ ।

मोर्चाले दिगो विकास र गुणस्तर निशुल्क शिक्षा, स्वास्थ्य र न्याय उपलब्धकाे माग गर्दै सार्वजनिक यातायातमा लिइने चर्को भाडादर खारेज गरि वैज्ञानिक भाडादार कायम गरिनुपर्ने माग गरेको छ ।

यस्तै नाफाका लागि संचालन गरिएका यातायत व्यावसायिका कारण दिनहुँ दुर्घटना हुने गरेकाले यातायतलाई विशुद्ध नाफामूलक भन्दापनि सेवामुखी यातायत संचालनको लागि राज्यले व्यावस्था गरिनुपर्ने माग गरेको छ ।

कर्णाली मुक्ति मोर्चा नेपालका संयोजक कर्णबहादुर सीको नेतृत्वको टिमले प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीलाई ज्ञापनपत्र बुझाएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।