१५ बैशाख २०८१, शनिबार

जनवादी गित संगितले पूर्व तात्यो 

0

इलाम| रास्ट्रका लागि संगित अभियात्रा नामक अभियान संचालन गरेको जनवादी गायक संगितकार र नृत्याकारहरुको टोलिले दिएको सांस्कृतिक प्रस्तुतिले पुर्व तातेको छ । चैत्र २१ गते बेलुका सी रेड मग एण्ड भान्सा घरमा एकल सांझ चलाएर सुरु गरेको प्रस्तुती चैत्र २४ गते इलाम जिल्लाको फिक्कल र २५ गते झापाको बिर्तामोडमा भव्यता पुर्वक सम्पन्न भएको थियो । 

जनगायक जीवन शर्मा, उदय श्रेष्ठ, ॐ श्रेष्ठ , मोहित श्रेष्ठ , चिरन सी, कुस्मिता दर्लामी, लगायत दर्जन बढी कलाकारहरुले भव्य र बेजोड प्रस्तुती दिएका थिए । मुर्झाउंदै गएको जनवादी गित संगित लाई लामो समय पछि यसरी हेर्न पाउँदा पुराना बामपंथी नेता कार्यकर्ता , जनता, धेरैको आंखामा आंशु देखिन्थ्यो । 

क्रान्ती पूरा नभएको, देश र जनता संकट मडारिएको यो स्थितिमा सिंगो देशलाइ एकताबद्ध भएर लड्न अपिल गर्ने उदेश्यले यो अभियान थालिएको जनगायक जीवन शर्माले बताएका थिए । उनका अनुसार जुन दिनसम्म गरिबहरुको आफ्नो सत्ता बन्दैन त्यो दिन सम्म आंफुहरुले जनताको गित गाइरहने बताए ।

फिक्कलमा भएको कार्यक्रम खुल्ला भएको थियो । फिक्कलको मुख्य चोकमा स्टेज बनाएर गरिएको कार्यक्रमलाई बजारका सबै जनताले उत्साहपुर्वक हेरेका थिए । जसमा एकहजार भन्दा बढिको सहभागिता थियो । त्यस्तै झापामा भएको कार्यक्रम बिर्तामोडको साइ पार्टी प्यालेसमा भएको थियो उक्त कार्यक्रममा पन्ध्र सय जनाको सहभागिता रहेको थियो । 

मुर्झाइसकेको जनवादी गित संगितलाइ देश र जनता संकटमा फंस्दै गएकोबेला पुन यसरी घन्काउने कामले यो देशले निकास खोजिरहेको तथ्यलाइ थप पुष्टि गरेको कार्यक्रममा सहभागी बाम पंथी बुद्धिजीवीहरुले बताएका थिए । झापामा भएको कार्यक्रमको अन्त्यमा नेपाल कम्युनिस्ट पार्टी मेची ब्युरोले कलाकारहरुलाइ अभिनन्दन पत्र दिएर सम्मान गरेको थियो भने कलाकारहरुले ब्यवस्थापनको निम्ति भुमिका खेल्ने नेपाल कम्युनिस्ट पार्टीलाई बिशेष धन्यवाद दिएका थिए । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।