१६ चैत्र २०८०, शुक्रबार

जनपत्रकार सङ्गठन नेपालद्वारा प्रकाशित नयाँ बर्षको भित्तेपात्रो विमोचन

0

काठमाडौ / जनपत्रकार संगठन नेपालले नयाँ बर्ष २०८०को भित्तेपात्रो विमोचन गरेको छ।सङ्गठनको उपत्यका प्रदेश समितिद्वारा काठमाडौको बिजुलीबजारस्थित मोटोभेट न्युजको कार्यालयमा आयोजित नयाँ बर्षको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रकाशन तथा प्रचारप्रसार बिभाग इन्चार्ज अनिल शर्माले भित्तेपात्रोलाई औपचारिक रूपमा विमोचन गरेका हुन।

बिहिवार भएको बिमोचन कार्यक्रममा नेता शर्माले नयाँ वर्षको ऐतिहासिक सन्दर्भ , मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र नेकपाको अहिलेको कार्यभारबारे मन्तव्य राख्दै नयाँ बर्षको शुभकामना व्यक्त गरेका थिए।

शुभकामना आदनप्रदान कार्यक्रममा संगठनका सल्लाहकार अध्यक्ष राजेन्द्र सी,जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर बिश्वकर्मा, नेकपा केन्द्रिय सदस्य अखिल सी, सास्कृतिक महासंघका महासचिव कुशल सी, नेकपा नेताहरू लोकेन्द्र सी, श्याम सी लगाएतका नेताहरूको सहभागिता रहेको थियो ।

जनपत्रकार संगठन नेपाल उपत्यका प्रदेश संयोजक शोभराज बरालले अध्यक्षता गरेको कार्यक्रमको सञ्चालन सचिवालय सदस्य साहास भट्टले गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।