८ बैशाख २०८१, शनिबार

जनपत्रकार संगठन नेपालको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

0

काठमाडौ / जनपत्रकार संगठन नेपाल, उपत्यका प्रदेश समितिले आयोजना गरेको नववर्ष २०८० सालको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । बिहीबार काठमाडौको बिजुलीबजारस्थित मोटीभेट न्युजको कार्यालयमा शुभकामना आनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि रहेका नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रकाशन तथा प्रचारप्रसार विभाग इन्चार्ज अनिल सीले नयाँ वर्ष २०८० सालको शुभकामना दिदै ऐतिहासिक सन्दर्शबारे प्रकाश पारेका थिए । विक्रम् सम्बत् नेपालको मौलिक सम्बत् हो भन्नेकुरा विभिन्न तथ्यहरुले प्रमाणित गर्न खोजेको उनको भनाई थियो ।

‘काभ्रेको नालामा अहिले पनि  विक्रमादित्यको सम्झनामा मेला लाग्ने गरेको छ । त्यो मेला परापूर्व कालदेखि लाग्दै आएको छ । काठमाडौंको बज्रयोगिनी मन्दीरमा पनि विक्रमादित्वको आधाकदको मूर्ती छ ।’, कार्यक्रमलाई संबोधन गर्दै उनले भने, ‘यी तथ्यले वि.सं. नेपाली मौलिकताको सम्वत हो भन्ने बलियो प्रमाण हो । यसमा यो नेपालको सम्बत् होइन भन्ने अरु प्रमाण पनि छन् तर ति प्रमाणभन्दा यो प्रमाण अलि बलियो देखिन्छ ।’

उनले भारतमा पनि धार्किक रुपमा वि.स.लाई प्रयोग गर्ने गरिएको भन्दै यसमा भूगोल विज्ञानको समेत प्रयोग भएको बताए । ‘भारतमा अंग्रेजहरुले राज गरेपछि स्वी सम्वत् चलाउन सुरु गरिएको हो । तर यो सरकारी काम काजमा मात्र प्रयोग हुन्छ ।’, उनले भने, ‘जनताले अहिले पनि वि.स. बाटै विवाह, वर्तवन्द लगायतका शुभकार्य गरिहेका छन् । विक्रमको वीर तथा आदित्यको अर्थ सूर्य हुने भएकाले यो सम्वत् भूगोल विज्ञान अनुसार भएको विश्वास गर्ने गरिएको विभिन्न विद्वानहरुले लेखेका छन् ।’

फरक प्रशंगमा उनले क्रान्ति पुरा गर्न अन्तराष्ट्रिय परिस्थिति अनुकुल बनाउनुपर्ने बताए । ‘किरण कमरेडले अन्तराष्ट्रिय परिस्थिति अनुकुल नभएको बताउने गर्नुभएको छ । त्यसोभए उहाँ र प्रचण्डमा के फरक भयो र ? प्रचण्डले पनि चुनवाङ् बैंठकमा भनेको त्यही हो ।’, ‘उनले भने, ‘अन्तराष्ट्रिय परिस्थित कहिल्यौं आफू अनुकुल हुँदैन । त्यो त आफूले अनुकुल बनाएर सन्तुलन गर्ने हो । क्रान्ति सम्भव छ ।’

शुभकामना आदनप्रदान कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज अखिल सी, जनसास्कृतिक महासंघका महासचिव कुशल सी, नेकपा नेताहरू लोकेन्द्रले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा संगठनका सल्लाहकार समिति अध्यक्ष अध्यक्ष राजेन्द्र सी, जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर बिश्वकर्मा, श्याम सी लगाएतका नेताहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिले तयार पारेको बार्षिक भित्तेपात्रोको विमोचन समेत भएको थियो । जनपत्रकार संगठन नेपाल उपत्यका प्रदेश संयोजक शोभराज बरालले अध्यक्षता गरेको कार्यक्रमको सञ्चालन सचिवालय सदस्य साहास भट्टले गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।