४ बैशाख २०८१, मंगलवार

अ.ने.म.संघ क्रान्तिकारीको बैठक सम्पन्न, चेलीबेटी बेचबिखन विरुद्ध सङ्घर्ष गर्ने निर्णय

0

काठमाण्डौ – अखिल नेपाल महिला संघ क्रान्तिकारी उपत्यका ब्युरोको पहिलो बैठक सम्पन्न भएको छ । संघकी केन्द्रीय उपाध्यक्ष भृकुटी सीको अध्यक्षतामा बसेको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो ।

बैठकले बढ्दो चेलिबेटी बेचबिखन विरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ । ‘अनेमसंघ क्रान्तिकारी उपत्यका व्युरोको पहिलो बैठक बस्यो । बैठकले बढ्दो चेलिबेटी बेचबिखन विरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ ।’, बैठकको अध्यक्ष रहेकी भृकुटी सीले भनिन्, ‘बैठकले संगठन विस्तारमा जोड दिने र महिलामाथि ज्यादती गर्ने वित्तीय संस्थाहरु (लघुवित्त, मिटरव्याजी, सहकारी र बैंक) विरुद्ध सङ्घर्ष गर्ने निर्णय भएको छ ।’

उनले विचार मिल्ने र मुद्धा मिल्ने राजनीतिक दलका महिलाहरुसँग छलफल गर्ने निर्णय समेत भएको बताइन् । शनिवार दिउसो बसेको संघको बैठकले महिलाका समस्याहरुका विषयमा विभिन्न राजनीतिक दल सम्वद्ध महिला नेतृहरुसँग छलफल गर्ने निर्णय गरेको उनको भनाई छ । नेकपाको ७५ औं पार्टी स्थापनाको अवसरमा आयोजना हुने बृहत आमसभामा महिलाको व्यपाक सहभागी गराउने निर्णय समेत भएको छ ।

बैठकको प्रमुख अतिथि रहेका नेकपा उपत्यका व्युरो इन्चार्ज कृति सीले दलाल संसदीय व्यवस्था अन्त्यका लागि महिलाहरुलाई एकतावद्ध बनाउनुपर्ने बताएका थिए । उनले महिलामाथि ज्यादती बढेको भन्दै यसको अन्त्यका लागि महिलालाई संगठित गर्दै दलाल संसदीय व्यवस्था अन्त्यका लागि एकतावद्ध बनाउनु पर्ने बताएका हुन् । बैठकमा केन्द्रीय महासचिव राजकुमारी सीको समते उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।