८ बैशाख २०८१, शनिबार

नेकपा लालिपुरले गर्यो पुराना कम्युनिष्ट नेताहरुलाई अभिनन्दन

0

 

ललितपुर – नेपाल कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवसको ऐतिहासिक अवसरमा पार्टी केन्द्रिय समितिले घोषणा गरेको साताव्यापी कार्यक्रम अन्तर्गत जिल्ला समिति ललितपुरले जिल्लाका पुराना कम्युनिष्ट नेताहरुलाई अभिनन्दन गरेको छ। सोमबार केन्द्रिय न्युकीलियस, माले, माक्सवादी, एमालेमा समेत महत्वपूर्ण भूमिका खेल्नु भएका सिद्धिलाल सिंह र मसाल हुँदै माओवादी आन्दोलनसम्म योगदान पुर्याएका हरिबहादुर कर्माचार्यलाई अभिनन्दन गरेको हो।

  उहाँहरुलाई नेकपाका केन्द्रिय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज  विपिन सी लगायतका नेताहरुको उपसथितिमा ललितपुर पाटन स्थित घरमा गएर खादा र अभिनन्दन पत्रसहित अभिनन्दन गरेका हुन्। 

  अभिनन्दन कार्यक्रममा पुराना नेता सिद्धिलाल सिंहले भने -” नेकपाले म र मेरो भूमिकालाई सम्झेर/मूल्यांकन गरेर अभिनन्दन गर्दा खुसी भएको छु। हामिले आफ्नो कार्यकालमा कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी एबं राष्ट्रबादी छवि निर्माणमा सक्दो भूमिका खेल्यौ अब पालो तपाईंहरुकै हो। मार्क्सवाद- लेनिनवाद – माओ विचारधारा अजय छ । यो विचारको जीत अवस्य हुन्छ। तपाईंहरुले अगाडि बढाउनु भएको एकीकृत जनक्रान्ति सफल होस भन्ने शुभकामना छ।”

  साथै अर्का वयोवृद्ध पुराना नेता हरि बहादुर कर्माचार्य जो कम्युनिष्ट पार्टीका संस्थापक मध्यका एक नरबहादुर कर्माचार्यका भाई हुनुहुन्छ, उनले आफू नेकपाद्वारा सम्मानित हुनपाउँदा निकै हर्षित भएको बताउँदै – “नेपालमा जनक्रान्ति अझै सफल नभइसकेकले सबै क्रांतिकारी कम्युनिष्टहरु एकतावद्ध भई सो कार्यभार पूरा गर्न लाग्नुपर्ने भन्दै कार्यक्रमको बिचमा भावुक भएर इन्क्लाव जिन्दावादको नारा लगाएका थिए। उनले नेकपाको नेतृत्वमा क्रान्ति सफल हुनेमा आफू आशावादी रहेको विचार व्यक्त गरे।

 

उक्त अभिनन्दन कार्यक्रममा नेकपा नेता विपिन सीले सामन्तवादको अन्त्यपछि नेपालमा दालाल पूँजीवादी राज्यव्यवस्था स्थापना भएको कारण नेपाली समाजको आमूल रुपान्तरण नभएको ,यसको समाधान वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र गर्ने र त्यसको लागि नेकपाको नेतृत्वमा वस्तुवादी कार्यदिशा, “एकीकृत जनक्रान्ति” अगाडि बढिरहेको विचार व्यक्त गरेका छन्।

उनले भने -” यहाँहरुले आफ्नो कालमा महत्वपूर्ण भूमिका खेल्नु भयो, त्यसको लागी उच्च सम्मान सहित अभिनन्दन गर्न चाहन्छौं। क्रान्ति अझै पूरा भएको छैन, पुरागर्न यहाँहरुको सकारात्मक सुझाव एवं प्रेरणा चाहिन्छ। यहाँहरुको सकारात्मक सुझाव एवं प्रेरणा हाम्रोलागि ऊर्जा हुने छ र  नेपालमा सम्पूर्ण क्रान्तिकारी कम्यूनिष्ट हरुलाई एकताबद्ध गर्दै वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्न दृढ संकल्पित हुँदै डटीरहनेछौं र कम्युनिस्ट पार्टीको स्थापनाकालीन लक्ष्य र महान् जनयुद्धका बाँकी उदेश्यहरु एकीकृत जनक्रान्ति मार्फत पूरा गरिछाड्ने छौं।”

 कार्यक्रममा नेकपा जिल्ला सचिव  बिकास, महानगर इन्चार्ज  महेश, नेवा मुक्ति मार्चका केन्द्रिय उपाध्यक्ष  रत्न, जिल्लाका नेताहरु महेश,  चन्द्र,  मोहन लगायतका नेताहरुको उपस्थिति रहेको थियो। कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारामा महत्वपूर्ण भूमिका खेल्ने देशैभरिका र ललितपुर जिल्लाका अन्य पुराना नेताहरुलाई सम्मान गर्दै, उहाँहरुको सुझावलाई अंगीकार गर्दै अगाडि बढ्ने र कार्यक्रमलाई निरन्तरता दिने कुरा पनि नेता विपिन सी ले जानकारी गराए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।