![](https://janapatrika.com/wp-content/uploads/2023/04/IMG-20230417-WA0005.jpg)
नेपाल कम्युनिस्ट पार्टी, दैलेखले जिल्लाका कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेका नारायण नगरपालिका निवासी टेक बहादुर खाण, टिकाराम न्याैपानेलाई सम्मान गरेकाे छ । ।
दैलेख बजारमा भएकाे सम्मान कार्यक्रम नेकपा केन्दीय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज विवेक सीले नेपाल कम्युनिस्ट पार्टीकाे ७५ औँ स्थापना दिवसकाे अवसरमा वैशाख ४ गते आफ्नाे पार्टीले कम्युनिस्ट आन्दोलनमा भूमिका खेलेका व्यक्तिहहरुलाई साेमबार देशभरी सम्मान गर्ने कार्यक्रम अनुसार आफुहरुले पनि दैलेख जिल्लाका पाका कम्युनिस्ट नेताहरुलाई सम्मान गरेकाे बताए ।विगतकाे कम्युनिस्ट आन्दाेलनकाे समीक्षा गर्दै समाजवादका लागि कम्युनिस्टहरु एकजुट हुनु पर्नेमा जाेड दिए । कम्युनिस्टहरुलाई विभाजित गरेर विश्वभर भुमन्डलिकृत साम्राज्यवादले रजाइँ गरेकाले सहि विचार र कार्यदिशाका आधारमा कम्युनिस्टहरु एक ठाँउमा आउनु पर्ने समेत बताए । कम्युनिस्ट आन्दाेलनमा याेगदान गरेका पाका नेता टेक बहादुर खाणले दैलेख जिल्लामा कम्युनिस्ट आन्दोलनकाे सुरुवात २०१५ साल बाट सुरुवात भएकाे उल्लेख गर्दै तत्कालीन पञ्चायती व्यवस्थाकाे चर्काे दमनले मायाराम अधिकारीकाे शहादत भएकाे बताए । विगत जनयुद्धमा पनि दैलेख जिल्लाम १८८ जनाले रगत बगाएकाे स्मरण गर्दै जनयुद्धमा जीवन गुमाउनेहरुका सपना बाँचेका क्रान्तिकारीहरुले पूरा गर्नुपर्नेमा जाेड दिए । भाेका नाङा जनताहरुलाई समाजवादले मात्र खान पाउने अधिकार दिने बताउदै समाजवादका लागि सबै कम्युनिस्टहरु एकजुट हुनु पर्ने आवश्यकता रहेकाे बताए ।
अर्का पाका कम्युनिस्ट नेता टिकाराम न्याैपानेले कम्युनिस्टहरु जनहितकारी कमाउनिस्ट हाेईन कर्मनिस्ट हुनु पर्ने बताए । जनताकाे मन जितेर राजनीति गर्नु पर्ने उल्लेख गर्दै दलाल पुुँजीवादीहरुले पैसा विदेशमा राखेका कारण देशमा संकट आएकाे उल्लेख गरे । पार्टीले आफुहरुलाई सम्झेकाेमा धन्यवाद दिए ।