२१ बैशाख २०८१, शुक्रबार

जातीय विभेद अन्त्यका लागि श्रमिक समुदाय बिभागद्वारा तनहुँमा अन्तर्क्रिया

0

तनहुँ– नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय विभाग श्रमिक समुदाय मोर्चा नेपालले, तनहुँमा जातीय विभेद अन्तयका लागि अन्तर्क्रिया गरेकाे छ। सोमबार तनहुँको दमौलीमा परिवर्तित सन्दर्भमा श्रमिक समुदायकाे अवस्था र दायित्व विषयमा अन्तर्क्रिया गरेकाे हो। देशमा जातीय छुवाछुत तथा भेदभावका घटना बढ्दै गएको अवस्थामा त्यसलाई अन्त्य गर्न सरोकारवाला पक्ष संग वैचारिक मन्थन गर्न सो कर्यक्रम आयोजना गरिएको हो।

करुणा सीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा पूर्वी गण्डक ब्युरो इन्चार्ज आदर्श सी प्रमुख अतिथि, नेकपा तनहुँ जिल्ला इन्चार्ज निशान सी, गोर्खा जिल्ला इन्चार्ज कपिल सी, केन्द्रिय प्रतिनिधि समिति सदस्य एटम सी, तनहुँ सेक्रेटरी विशाल सी, लमजुङ सेक्रेटरी गौरव सी, केन्द्रिय प्रतिनिधि समिति सदस्य जानकी सी, नेकपा एकीकृत समाजवादीका प्रदेश सचिवालय सदस्य रण सिं नेपाली, नेकपा क्रान्तिकारी माओवादी प्रदेश कमिटी सदस्य नेत्र राना भाट, अखिल क्रान्तिकारीका केन्द्रिय सचिव उसाकिरण, सम्युक्त दलित एकता संजालका संयोजक जनार्दन वियोगी, नेपाल सुनचाँदी व्यवसायी संघका जिल्ला अध्यक्ष विनोद विक, सहिद परिवार दिलमाया विक लगायत अतिथि रहेका थिए।

 

कार्यक्रममा विभागका सदस्य दिल्ली सीले अबधारणा पत्र प्रस्तुत गरेका थिए, कार्यक्रमको अध्यक्षता सन्तोषी सी ले गरेकी थिइन् भने सञ्चालन हरि सीले गरेका थिए।

 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।