६ बैशाख २०८१, बिहीबार

नेकपाको ७५ औं स्थापना दिवस:बिजौरीमा घन्किए क्रान्तीका गित

0

 

  1. लसीपुर । तुलसीपुरको बिजौरीमा सामना परिवारले क्रान्तिका गितहरु घन्काएको छ ।

मंगलबार साझ नेकपा निकट सामना परिवार पश्चिम दाङका कलाकारहरुले क्रान्तिकारी ,देशभक्त भावले ओतप्रोत गितहरु मार्फत सयौं जनसमुदायको बिचमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।

 

नेपाल कम्युनिस्ट पार्टीको ७५औ स्थापना दिवसको अवसरमा नेकपा पश्चिम दाङको आयोजनामा पार्टी निकट सामना परिवारले भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।

‘डुम्रे भन्सार हारेमा हत्कडी ,जिते संसार’ ‘पुर्वको मेची नि हाम्रै हो पश्चिम महाकाली नि हाम्रै हो’ ‘युवा भनेको शक्ति हो रातो रगत उमाल्ने’ लगाएतका क्रान्तिकारी एवम देशभक्ति भावले ओतप्रोत गितहरु मार्फत सामना परिवारले सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीको ७५औ स्थापना दिवसको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सल्लाहकार समितिका सदस्य सुन्दर सीले कम्युनिस्ट आन्दोलन ७५औ वर्षमा प्रवेश गर्दासम्म नेपाली श्रमजीवी जनताले केही उपलब्धिहरु प्राप्त गरेपनी सदियौदेखीको चाहाना आफ्नै राज्यव्यवस्था स्थापनाको सपना पूरा नभएको बताएका थिए ।

 

उनले भने – ‘नेपालमा मुठ्ठिभर मान्छेहरुले शासन सत्ता चलाएर रजाइँ मच्चाइरहेका छन् । जनताले आफ्नो सत्ता वैज्ञानिक समाजवाद प्राप्त नगर्दासम्म आन्दोलन जारी राख्नुपर्छ । कम्युनिस्ट आन्दोलनको मुख्य उद्देश्य भनेकै प्रतिक्रियावादी संसदीय सत्ताको विकल्प जनताको वैज्ञानिक समाजवादी सत्ता हो जुन आन्दोलनको नेतृत्व नेकपाले गरिरहेको छ ।’

यस्तै कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सीले जनताले शान्ती , समृद्धि र स्वाधीनता प्राप्तिका लागि एकीकृत जनक्रान्तीको कार्यदिशामा गोलबन्द हुनुपर्ने आवश्यकता रहेको बताएका थिए । नेता प्रदिपले भने – ‘ अहिलेको दलाल पुजीवादी संसदीय व्यवस्थाले जनतालाइ कंगाल बनाइरहेको छ । राजनीतिक , आर्थिक , सामाजिक , सांस्कृतिक लगाएतका तमाम क्षेत्रमा जताततै महासंकट पैदा भएको छ । यी सबैखाले संकटको विक्ल्प भनेको यो राज्यव्यवस्थाको समुल नस्ट गरेर जनताले आफ्नो भाग्य र भविस्यको फैसला आफै गर्न पाउने वैज्ञानिक समाजवाद हो । वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका लागि हाम्रो पार्टीसंग एकीकृत जनक्रान्तिको बैचारिक हतियार छ ।’

 

नेता प्रदिपले कम्युनिस्ट आन्दोलनले गरिव जनताको मुक्ती र नेपाली जनताको मुक्तीको निम्ति र विश्व कम्युनिस्ट आन्दोलनलाई संगठित गर्नको निम्ति कार्यक्रमहरु अगाढी बढाइरहेको बताए । कम्युनिस्ट पार्टीले सर्वहारा वर्गको प्रतिनिधित्व गर्छ , उनले भने ‘ कम्युनिस्ट पार्टीले गरिव र श्रमिक जनसमुदायको प्रतिनिधित्व गर्छ । कम्युनिस्ट पार्टी वर्गीय पार्टी हो जो यो वर्ग बिभाजित समाजमा वर्गीय मुक्ती आन्दोलनलाइ उत्थान गरिरहेको छ । राणा शासन , पन्चायी व्यवस्था र निरंकुश राजतन्त्रको अन्त्य गर्दै प्रजातन्त्र स्थापना गर्ने आन्दोलनमा नेपाल कम्युनिस्ट पार्टीको योगदान छ । कम्युनिस्ट आन्दोलन नेपाली जनतामा बिद्रोहको चेतना भर्दै गरिव जनताको शासन व्यवस्था स्थापना गर्न अगाडि बढिरहेको छ ।’

 

एक अर्को प्रसंगमा बोल्दै नेता प्रदिपले नेतृत्वको बिचलनताले जनयुद्ध सफल नभएको बताउदै जनयुद्धका अधुरा र अपुरा कार्यभारहरु पूरा गर्न साथै सहिदहरुका सपना साकार पार्न एकीकृत जनक्रान्ती गरिरहेको बताए ।

 

नेकपाका पिविएम शितल सीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सल्लाहकार सुन्दर सी , पार्टीका केन्द्रीय सदस्य प्रदिप सी , पार्टीका केन्द्रीय प्रतिनिधि समिती सदस्य एवम पश्चिम दाङका सेक्रेटरी निर्मल सीको आतिथ्य रहेको थियो भने सांस्कृतिक कार्यक्रमको सहजीकरण नेकपा तुलसीपुर उपमहानगरका इन्चार्ज बिजय सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।