११ बैशाख २०८१, मंगलवार

जनयुद्धका मुद्दा ब्युँझाउने कुरा सिसाको घरमा बसेर ढुङ्गा हान्नु सरह हो: विप्लव

0

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले जनयुद्धकालिन मुद्दाहरु ब्युताएर अपराधीकरण गर्न खोज्नु सिसाको घरमा बसेर ढुङ्गा हान्नु सरह भएको टिप्पणी गरेका छन् । काठमाडौँको रामशाहपथस्थित नेपाल बार एशोसियसनको हलमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो टिप्पणी गरेका हुन् ।

जनयुद्धका मुद्दा ब्युझाउने कुरा सिसाको घरमा बसेर ढुङ्गा हान्ने कुरा हो- उनले भने,-“इतिहासमा सबै पार्टी र नेताहरूले बन्दुक उठाएका छन् । जनयुद्धमा पनि सबै पार्टी र नेताहरू कुनै न कुनै रुपमा युद्दमा संलग्न छ्न्, माओवादीलाई मात्रै अपराधीकरण गर्न खोजे त्यो गम्भिर भुल हुनेछ । २००७ र २८ सालमा हतियार उठाउदा लोकतन्त्रवादी हुने तर २०५२ मा उठाएको बन्दुक अपराध हुन्छ? उनले प्रश्न गरे।”

कार्यक्रममा विप्लवले आज वैज्ञानिक समाजवादको विषयमा सिङ्गै नेपाली समाजमा बहस छ, कुनै बेला हामीले समाजवाद भन्दा हामीमाथि प्रतिबन्ध समेत लागेको थियो, काङ्ग्रेसले पनि आफुलाई समाजवादी भन्छ । त्यो बेला एनसेलको विषयलाई जोडेर प्रतिबन्ध लागेको जस्तो देखिए पनि त्यसको पछाडि हामी, हाम्रो विचार र समाजवादको विषयलाई हेर्ने र बुझ्ने अरु पार्टी र नेताहरूको दृष्टीकोणको समेत सवाल भएको बताए ।

अहिले देशमा रहेको आर्थिक सङ्कट र त्यसले पैदा गरेको अस्तव्यस्ततातर्फ संकेत गर्दै महासचिव विप्लवले-
देशको आर्थिक संकटको मुख्य कारण राजनीतिक अस्थिरता र दलाल पुजीवादी उत्पादन प्रणाली हो । यसको सम्बन्ध राजनीति प्रणालीसङ्ग छ । यसरी नै संकट बढ्दै गएमा विदेशी हस्तक्षेप बढ्ने र उनीहरुले आर्थिक संकटको फाइदा लिएर देश नै उडाईदिने खतरा रहेको समेत उनको ठोकुवा थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।