१४ बैशाख २०८१, शुक्रबार

पत्रकारिता क्षेत्रले खेलेको भूमिका नेतृत्वले बिर्सियो : अध्यक्ष बस्नेत

0

 

काठमाडौँ – प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सत्तामा पुगेपछि नेतृत्वले पत्रकारिता जगतले खेलेको भूमिका विर्सिने गरेको बताएका छन् । नेकपा प्रकाशन तथा प्रचार प्रसार विभागले आयोजना गरेको राजनीतिक अस्थिरता, आर्थिक संकट र सञ्चारको दायित्व तथा जनापत्रिका विमोचन कार्यक्रममा बस्नेतले यस्तो बताएका हुन् । 

 

उनले पत्रकार महासंघ र पत्रकारहरुले गणतन्त्र ल्याउन भूमिका खेलेको भन्दै सत्तामा पुगेपछि पत्रकारहरुको योगदान विर्सिएको बताए । ‘हामीले गणतन्त्र ल्याउन महत्वपूर्ण भूमिका खेल्यौं । तर नेतृत्वले यसलाई विर्सियो ।’, जनपत्रिकाको उत्तर उत्तर प्रगतिको कामना गर्दै उनले भने, ‘खोलो तर्यो लौलो विर्सियो जस्तै भएको छ । नेता बनाउने प्रेसबाट नेतृत्व भागिरहेको छ । यो राम्रो भएन ।’

 

उनले सरकारमा रहेको नेतृत्वले प्रेस स्वतन्त्रताको नारा दिदैं पत्रकारिताको घाँटी निमाठ्ने काम गरिरहेको प्रति आलोचना गरेका थिए । ‘भन्दाखेरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता भनेको देखिन्छ । तर कानुन बनाएर प्रेसको घाँटी निमोठ्ने काम गरिन्छ ।’, उनले भने, ‘हामीले यसलाई रोक्नुपर्छ । महासचिव विप्लवले पत्रकारको भूमिका नर्विसनु होला ।’

 

मिसन पत्रकारिता राजनीतिक परिवर्तनका लागि गरिने भएकाले यसको छुट्टै महत्व भएको बताए । उनले पत्रकारितासँग सम्बन्धित धेरै कानुनहरुमा त्रुटी रहेको भन्दै यसलाई सच्याउन आफूले सम्बन्धीत निकायलाई लेखेर पठाएको बताए । 

 

कार्यक्रम नेकपा प्रकाशन तथा प्रचार प्रसार विभाग इन्चार्ज अनिल सीको अध्यक्षतामा सम्पन्न भएको थियो । उपपिस्थत सबैलाई पत्रिकाका व्यवस्थापक डिआर सीले स्वागत गरेका थिए भने प्रकास डुम्रेले संचालन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।