७ बैशाख २०८१, शुक्रबार

नेकपाको ७५ औं स्थापना दिवसमा१० ओटा कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने

0

काठमाडौ / नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको दिन अर्थात बैशाख ९ गतेको सन्दर्भमा काठमाडौको खुलामञ्चमा हुने कार्यक्रममा विप्लव सहित १० ओटा कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन। नेपाल कम्युनिस्ट पार्टी निकट श्रोताले दिएको जानकारी अनुसार नेकपाको स्थापना भएको ७५ औं बर्षको सन्दर्भमा नेकपा स्थापना भएको दिनलाई नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा पर्वको रूपमा मनाइन लागेको हो।

बैशाख ९ गते काठमाडौको खुलामञ्चमा हुने जनसभामा नेकपा महासचिव विप्लव , पुर्व प्रधानमन्त्री झलनाथ खनाल , कृष्ण बहादुर महरा, डा बाबुराम भट्टराई ,आहुति,कर्णजीत बुढाथोकी र किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेकपा मशालका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन।

झन्डै साढे सात दशक लामो इतिहास भएको कम्युनिस्ट पार्टीलाई २००६ सालमा पुष्पलाल श्रेष्ठ , नरबहादुर कर्माचार्य , नारायण विलास जैसी र निरञ्जन गोविन्द बैधले स्थापना गरेका थिए भने नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको लामो इतिहास र नेपालमा कम्युनिस्ट जनमतको बाहुल्यता हुदाहुदै पनि अझै कम्युनिस्ट पार्टीले आफ्नो न्युनतम कार्यक्रम लागु गर्न सकिरहेको छैन।

बैशाख ९ गते हुने जनसभा कार्यक्रम दिउसो १२ बजे सुन्धाराबाट जुलुस सहित खुलामञ्चमा जनसभामा परिणत हुनेछ भने सबै कम्युनिस्ट नेताहरूलाई एउटै मञ्चमा जमघट सहित उत्सवपुर्ण ढङ्गले यसरी कम्युनिस्ट पार्टी स्थापना दिवसलाई मनाउन लागेको भने यो पहिलो पटक हो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।