७ बैशाख २०८१, शुक्रबार

नेकपा महासचिव विप्लवद्वारा कमानसिं भुजेलको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा जनवर्गीय संगठनका इञ्चार्ज सिलु सीका बुवा तथा कम्युनिष्ट पार्टीका सहयोगी कमानसिं भुजेलको निधनप्रति पार्टीका महासचिव विप्लव सीले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आज शाेक वक्तव्य जारी गरी कम्युनिष्ट पार्टीका सहयोगी आदरणीय बुवाप्रति पार्टीका तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

२०८० वैशााख ७ गते बेलुका ७ :३० बजे ९० बर्षको उमेरमा निधन भएको छ । साथै यस शोकको घडीमा सिलु सीसहित सम्पूर्ण परिवारजनप्रति गहिरो सम्वेदना प्रकट गरेका छन् ।

शाेक वक्तव्यमा भनिएको छ, ‘ऐतिहासिक जिल्ला गोर्खाको अजितकोट गाउँपालिका ३ भच्चेकमा किसान परिवारमा जन्मिनु भएका बुबाले लामो समय देखि कम्युनिस्ट पार्टीको सदस्यमा काम गर्नु भयो । साथै क्रान्तिकारी कम्युनिस्ट आन्दोलन विशेषतः जनयुद्धलाई सम्पूर्ण खाले सहयोग गर्दै आउनु भयो । सम्पूर्ण परिवार नै क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा संगठित हुनु भयो । उहाँका सात सन्तान मध्य कमरेड सिलु जो हाम्रा पार्टीको स्थायी समिति सदस्य तथा चर्चित गोरखा जेल ब्रेक(जेल तोड्ने)का योजनाकार एवं कमाण्डर हुनुहुन्छ । अन्य दुइ छोरा र चार छोरीहरु पनि क्रान्ति र परिवर्तनका पक्षमा संघर्ष गर्दै आउनु भएको छ । यसरी हेर्दा उहाँ क्रान्तिकारीहरुका एक प्रेणादायी अविभावक एवं बुबा हुनुहुन्छ । उहाँप्रति सगौरब सम्मान पनि व्यक्त गर्दछौं ।
अन्तमा यो शोकको घडीमा फेरी पनि कमरेड सिलु लगायत परिवारजनप्रति दुःख साट्दै समवेदना व्यक्त गर्दछौं ।’

शाेक वक्तव्यकाे पूरा पाठ –
कमरेड सिलुका बुबा कमानसिंप्रति श्रद्धाञ्जली तथा संवेदना वक्तव्य
हाम्रो जनप्रिय पार्टीका स्थायी समिति सदस्य तथा जनवर्गीय संगठनका इञ्चार्ज कमरेड सिलु सीका आदरणीय बाबा तथा कम्युनिष्ट पार्टीका सहयोगी कमानसिं भुजेलको २०८० वैशााख ७ गते बेलुका ७ :३० बजे ९० बर्षको उमेरमा निधन भएको छ । आदरणीय बुबाप्रति पार्टीका तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं । साथै यस शोकको घडीमा कमरेड सिलु सीसहित सम्पूर्ण परिवारजनप्रति गहिरो सम्वेदना प्रकट गर्दछौं ।
ऐतिहासिक जिल्ला गोर्खाको अजितकोट गाउँपालिका ३ भच्चेकमा किसान परिवारमा जन्मिनु भएका बुबाले लामो समय देखि कम्युनिस्ट पार्टीको सदस्यमा काम गर्नु भयो । साथै क्रान्तिकारी कम्युनिस्ट आन्दोलन विशेषतः जनयुद्धलाई सम्पूर्ण खाले सहयोग गर्दै आउनु भयो । सम्पूर्ण परिवार नै क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा संगठित हुनु भयो । उहाँका सात सन्तान मध्य कमरेड सिलु जो हाम्रा पार्टीको स्थायी समिति सदस्य तथा चर्चित गोरखा जेल ब्रेक(जेल तोड्ने)का योजनाकार एवं कमाण्डर हुनुहुन्छ । अन्य दुइ छोरा र चार छोरीहरु पनि क्रान्ति र परिवर्तनका पक्षमा संघर्ष गर्दै आउनु भएको छ । यसरी हेर्दा उहाँ क्रान्तिकारीहरुका एक प्रेणादायी अविभावक एवं बुबा हुनुहुन्छ । उहाँप्रति सगौरब सम्मान पनि व्यक्त गर्दछौं ।
अन्तमा यो शोकको घडीमा फेरी पनि कमरेड सिलु लगायत परिवारजनप्रति दुःख साट्दै समवेदना व्यक्त गर्दछौं । धन्यवाद


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।