२३ बैशाख २०८१, आईतवार

जातिय विभेद अन्त्यका लागि श्रमिक समुदाय विभागद्वारा बागलुङमा अन्तरक्रिया सम्पन्न

0

बागलुङ: नेपाल कम्युनिस्ट पार्टीको श्रमिक समुदाय केन्द्रीय विभागले, बाग्लुङमा जातिय विभेद अन्त्यका लागि अन्तरक्रिया कार्यक्रम गरेकाे छ ।
शुक्रबार बागलुङमा सन्तोषी सीको अध्यक्षतामा सम्पन्न  परिवर्तित सन्दर्भमा श्रमिक समुदायकाे अवस्था र दायित्व विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि नेकपाका धौलागिरी व्युरो इन्चार्ज विकिरण सीले अहिले श्रमिक समुदायलाई नयाँ प्रकारको शोषण लादिएकाले चनाखो हुनुपर्ने बताए । जनयुद्ध मुक्ति संघर्ष उचाइमा पुगेको भएता पनि मूल नेताहरु भैसी पुजा हुँदै दौेरा सुरुवालसम्ममा पतन भएकोले थप सशक्त संघर्षमा जानुपर्ने विचार राख्दै वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र  सबै समस्याको हल गर्ने धारणा राखे ।

कार्यक्रममा नेकपा बाग्लुङका जिल्ला इन्चार्ज आकास सीले श्रमिक समुदाय नेपाली समाजको चालक शक्ति भएको विचार राख्दै पार्टी र श्रमिक समुदायको एकाकार भएर जाने धारणा राखे । यसैगरी सो कार्यक्रममा वरिष्ठ अधिवक्ता काजि गाँउले श्रेष्ठले श्रम गर्नेलाई सम्मान गर्दै श्रमिक समुदाय शब्द राख्नुले समुदायप्रति न्याय भएको बताए ।
कार्यक्रममा नेपाल दलित पार्टीका केन्द्रीय संगठन विभाग प्रमुख भक्त बहादुर विक, नेपाल दलित मुक्ति मोर्चाका गण्डक प्रदेश सदस्य ध्रुव परियारले पनि टिप्पणीसहित आ-आफ्नो धारणा राखे । सो कार्यक्रममा नेकपा मुस्ताङ जिल्ला इन्चार्ज सुशिला सी, बागलुङ नगर इन्चार्ज महेन्द्र सी, अखिल (क्रान्तिकारी) का धौलागिरी संयोजक लक्ष्मण सी,  युवा संगठनका प्रशान्त सी, श्रमिक मोर्चाका राम सी, मगर मोर्चाका नन्दैराम सी, श्रमिक समुदाय मोर्चाका जिल्ला अध्यक्ष सुशिल सीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा विभागका सदस्य डिल्ली सीले अवधारणा पत्र प्रस्तुत गरेका थिए भने सञ्चालन हरि सीले गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।