२५ जेष्ठ २०८२, आईतवार

मञ्च प्रवेश गर्याे ¥याली, केहीबेरमा संचालन हुने

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको बृहत जनसभाका लागि सुन्धाराबाट सुरु भएको ¥याली मञ्चमा प्रवेश गरेको छ । पार्टी स्थापना भएको ७५ औं वर्षको अवसरमा आयोजित जनसभामा सहभागी हुने आएको जनसमुदायको ¥याली मञ्चमा प्रवेश गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीसहितको ¥याली कार्यक्रमस्थल खुलामञ्चमा प्रवेश गरेका छन् । कार्यक्रम स्थलमा नारा लगाएर ¥यालीलाई स्वागत गरिएको थियो ।

नेपाल कम्युनिस्ट पार्टीद्वारा आयोजित कार्यक्रममा महासचिव विप्लव, पुर्व प्रधानमन्त्रीहरु माधव कुमार नेपाल, बाबुराम भट्टराई, नेकपा उपाध्यक्ष कृष्ण बहादुर महरा, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष आहुति, माओवादी कम्युनिस्ट पार्टीका महासचिव सुशिल लगाएतका वक्ताहरुले सम्बोधन गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।