१९ बैशाख २०८१, बुधबार

नेकपा पश्चिम अछाम र प्रमुख जिल्ला अधिकारीबिच भेटघाट

जिल्लाका समसामयिक बिषयमा छलफल

0

अछाम।नेपाल कम्युनिष्ट पार्टी पश्चिम अछाम र प्रमुख जिल्ला अधिकारीबिच भेटघात भएको छ। भेटघाटमा जिल्लाका समसामयिक विषयमा छलफल भएको छ। जिल्ला पार्टी कार्यालय सफेबगरमा राखेको सुझाव तथा जनउजुरी पेटिकामा जनताका विभिन्न समस्या संग सम्बन्धित आधा दर्जन भन्दा बढी उजुरी प्राप्त भएपछि ति उजुरीकाे विषयमा छलफल जिल्ला पार्टी सचिव निरक सी सहितले भेटघात गरेका हुन्। प्राप्त उजुरीको बारेमा छलफल गर्न सोमवार नेपाल कम्युनिस्ट पार्टी पश्चिम अछामले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकारीहरु संग भेटघाट तथा छलफल गरेकाे हो। नेपाल कम्युनिस्ट पार्टी पश्चिम अछामले जिल्ला प्रशासन कार्यालयमा लिखत उजुरीको फाइल नै लिएर छलफल गरेको थियो।

 

 छिपेखोला किनारामा गिट्टी वालुवा प्रशोधन गरि विगत ४/५ वर्ष पहिले बेचेको पैसा हालसम्म नपाएकोले ठेकेदारबाट पैसा दिलाई दिन र लघुवित्त संस्थाहरूले गरेको दुर्व्यवहार तथा ज्यादती बन्द गर्न लगायतका विभिन्न मागहरू राख्दै पार्टी कार्यालयमा राखेको सुझाव तथा जनउजुरी पेटिकामा जनताले लिखित उजुरी हालेका थिए ।

 

 छलफलको क्रममा आवश्यक कानुनी प्रक्रियामा गएर कानुन बमोजिम कार्वाही अगाडि बढाउने प्रतिबद्धता प्रमुख जिल्ला अधिकारीले गरेका थिए। उनले नेपाल कम्युनिस्ट पार्टी पश्चिम अछामले जनताको मुद्दा उठाएकोमा धन्यवाद दिँदै आगामी दिनमा सहकार्य गरेर जानुपर्ने बताएका थिए । 

 

 पार्टी सचीव निरक सीले हामी सहकार्य गर्न तयार छौ तर जनताका समस्या प्रती राज्य जिम्मेवार नभए पार्टीले जनकारबाही गर्न बाध्य हुने भनाइ राखेका थिए।

उजुरी माथिको छलफलमा जिल्ला प्रशासन कार्यालय प्रमुख लक्ष्मण ढकाल, राष्ट्रिय अनुसन्धान व्यूरो जिल्ला प्रमुख डिएसपी गोविन्द पाण्डे र नेपाल कम्युनिष्ट पार्टी पश्चिम अछाम जिल्ला सचिव निरक सि लगायतका नेताहरूको उपस्थिति रहेको जिल्ला सचिव निरक सि ले बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।