१५ बैशाख २०८१, शनिबार

नेतृ शिलुका बुवा कमानसिंह भुजेलको स्मृतिमा अक्षयकोष स्थापना

महासचिव विप्लवद्वारा सम्बोधन

0

चितवन / नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य शिलु सी का बाबा कमान सिंह भुजेलको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ।भुजेलको निधनको सन्दर्भमा आज भरतपुर महानगरपालिका वडा नम्बर २४ उन्नति टोलमा आयोजित श्रद्धाञ्जली सभाको क्रममा रु. १ लाख ५० हजारको अक्षयकोष खडा गरिएको हो भने उक्त कोषबाट प्राप्त हुने रकम स्थानीय विद्यालयमा पढ्ने विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति र कापीकलम किन्न खर्च गरिने बताईएको छ।

नेकपाले सी जातिका लागि बनाएको मृत्यु सस्कार अनुसार निधनको पहिलो दिन अन्त्यस्टी, दोस्रो दिन वृक्षारोपण , तेस्रो दिन अक्षयकोष स्थापना ,चौथो दिन राहात बितरण र पाचौं दिन श्रद्धाञ्जली सभा गर्ने परम्परा थालनी गरेको छ।

नेकपा नारायणी ब्युरोको आयोजनामा शुक्रवार भएको श्रद्धाञ्जली सभामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मन्तव्य राख्दै भने -जनताले आफ्नो अधिकारका लागि, पहिचानका लागि र मिटरव्याज एवम वित्तीय आतंक विरुद्ध आवाज उठाउदा राज्यले बन्दुक प्रयोग गरिरहेको छ, नागरिकले बोल्न समेत नपाइने भएपछि यो कसरी जनताको राज्य https://www.facebook.com/watch/?v=781821546488027&mibextid=Nif5oz भन्दै व्यवस्था परिवर्तन अनिवार्य रहेको बताए।

कार्यक्रममा नेकपा नेताहरू शिलु सी, अनिल सी,भरत सी , सन्देश सी,आदर्श सी,आस्था सी, एटम सी, प्रज्वलन सी, बन्धु सी, एमाले नेता कृष्ण भक्त पोख्रेल माओबादी नेता घनश्याम दाहाल( अबिनाश) लगाएतको सहभागिता रहेको थियो।

कमान सिंह- गर्भ कुमारी अक्षयकोष स्थापना गर्दै सम्पन्न भएको श्रद्धाञ्जली सभामा गङ्गा बहादुर भुजेलको अध्यक्षता र नेकपा चितवनका इन्चार्ज उत्सवले भुजेलको जीवनी बाचन सहित सभाको सञ्चालन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।