२० बैशाख २०८१, बिहीबार

कैलालीको गोदावरीमा डोजर चलाएर सुकुम्वासीको बिचल्ली बनाउने कार्यप्रति नेकपाको आपत्ति 

0

 

धनगढी । कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ३ मा रहेको सुकुमवासी बस्तिमा डिभिजन वनकार्यालय कैलाली र गोदावरी नगरपालीकाले डोजर चलाएको कार्य प्रति नेपाल कम्युनिष्ट पार्टी कैलालीले आपत्ती जनाएको छ । लामो समय देखि बस्दै आएका उनिहरुको व्यवस्थापन नगरी डोजर लगाएर उठीबास लगाउने कार्य प्रति नेपाल कम्युनिष्ट पार्टीले मंगलबार एक विज्ञप्ती जारी गरेर आपत्ती जनाएको हो । नेकपा कैलालीले उक्त कार्यको घोर निन्दा र भर्तसना गर्दै कुनै व्यवस्थापन नगरी सुकुम्बासी बस्तिमा डोजर चलाउने कार्य निन्दनीय भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

 कैलालीको गोदावरी नगरपालिका वडा नम्बर– ३ चौकीडाँडा राजमार्ग किनारामा बस्दै आएका बादी समुदाएका सुकुमबासीहरुको उचित ब्याबश्था गरेर मात्र गठाउनु पर्नेमा त्यतीकै डोजर लगाएर बस्ति भत्काएर विचल्ली बनाएको घटना प्रति पार्टीको ध्यान आर्कर्षण भएको उल्लेख गरिएको छ । पाकेको भात सम्म खान नदिएर एक्कासी े घेरा हालेर डोजर चलाईनु मानवता विरोधी कार्य भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

 

नेपाल कम्युनिष्टपार्टीका कैलाली जिल्ला ईन्चार्ज प्रकाश मल्लले अन्तराष्ट्रिय श्रमीक दिवसकै दिन श्रम गरेर खाने श्रमीकहरुको बस्तिमा डोजर चलाउने कार्यले सिगो पार्टीलाई स्तब्ध बनाएको बताए । उनले प्रतिकुल समयमा मानव बसितमा डोजर चलाउने कार्य मानविय सम्बेदना हिन कार्य भएको बताए । उनले सुकुमबासीहरुको उचित बासको व्यवस्थापन गर्नु पर्नेमा बस्न खानको समस्या सृजना गरेको बताउदै सुकुम्बासीहरुको गासबास र कपासको ग्यारेन्टी राज्यले गर्नु पर्ने बताए । उनले नेपाल कम्युनिष्ट पार्टी सधै सुकुम्बासी गरिब निमुखा जनताको पक्षमा रहेको बताउदै सुकुम्बासीलाई जमीन उपलब्ध गराउने बहानामा रकम असुल्ने जोकोही भए पनि कारबाहीको दायरामा ल्याउने बताए ।

 

डोजर लगाएर विचल्लीमा पारे पछी नेपाल कम्युनिष्ट पार्टीले उनिहरुलाई नजिकैको द्यिालयमा लिएर राख्नुका साथै सहयोग मीलाएको पीडित ढाँट ताम्राकारले बताए । उनले आफुलाई डोजरले च्यापेर मार्न समेत खोजेको गुनासो गरे । 

 

 चौकीडाँडाको राजमार्ग किनारामा करिब ५० परिवार सुकुम्बासी ३ बर्ष देखि सडक किनारामा बस्दै आइरहेका छन।सडक र वन क्षेत्रमा निर्माण गरेका ति टहरा सोमबार वन कार्यालयले २ वटा जेसिवि लगाएर भत्काए पछि उनीहरु बिचल्लीमा परेका हुन । सोमबार वन कार्यालयले सुकुम्बासीका नाममा वन अतिक्रमण भएको भन्दै प्रहरी र स्थानीयको सहयोगमा टहरा भत्काएको डिभिजन वन कार्यालय कैलालीका निमित्त प्रमुख भीम प्रसाद ढकालले जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।