११ बैशाख २०८१, मंगलवार

तरकारी र फलफूलको मूल्य आज कति ?

0

 

 

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिवारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।

 

जसअनुसार, नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, रातो आलु २८ रुपैयाँ, सेतो आलु २४ रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ,ब्रोकाउली ११० रुपैयाँ,सुकेको खुर्सानी ४८० रुपैयाँ र हरियो खुर्सानी(माछो) ८० रुपैयाँ प्रतिकेजी रहेको छ ।

 

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ६० रुपैयाँ, सुकेको प्याज ३४ रुपैयाँ, लाम्चो भन्टा ४० रुपैयाँ, (राजमा)घिउ सिमी ९० रुपैयाँ, घिउ सिमी लोकल ६० रुपैयाँ, तितो करेला ३५ रुपैयाँ,लौका ३० रुपैयाँ,लोकल परवल ९० रुपैयाँ,हरियो फर्सी ४० रुपैयाँ, भिण्डी ९० रुपैयाँ, बरेला ७० रुपैयाँ प्रतिकेजीमा बिक्री भैइरहेको छ । 

 

त्यस्तै, चमसूरको साग आज ११० रुपैयाँ, तोरीको साग ४०, पालुंगो साग ११० रुपैयाँ र हरियो प्याज ७० रुपैयाँ, रायो साग ४० रुपैयाँ पुगेको छ ।

 

काक्रो ११० रुपैयाँ, हरियो धनीयाँ ७० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ,तोफु १२० रुपैयाँ डल्ले च्याउ ४५० रुपैयाँमा किनबेच भइरहेको छ । 

फलफूलमा फूजी स्याउ २५०, कागती २००,हरियो अंगुर १२०, भारतीय सुन्तला १४०, अनार २५० र मौसम १५०,केरा दर्जनको १३०, तरबुजा ३५, आभोकाडो ५०० ,किवि ४००, अमला १५०,तथा नेपाली मेवा ६० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य निर्धारण गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।