६ बैशाख २०८१, बिहीबार

महिलाहरुले उत्पीडनको विरुद्ध बिद्रोह गर्न सक्नुपर्छ : इन्चार्ज सविन 

0

 

 

घोराही । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा राप्तीब्यूरो इन्चार्ज सविन सीले महिला प्रकाश सपुतले बनाएको जस्तो सकम्बरी बन्न नहुने भन्दै उत्पीडनको विरुद्ध बिद्रोह गर्न सक्नुपर्ने बताएका छन् । अखिल नेपाल महिला संघ क्रान्तिकारी पूर्वी दाङको आयोजनामा शनिबार घोराहीमा भएको प्रथम भेलामा बोल्दै उनले सो कुरा बताएका हुन् । 

 

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका इन्चार्ज सविन सीले यो नेपाली समाजले महिला दिदीबहिनीहरुलाई प्रकाश सपुतको जस्तो सकम्बरी बन्न बाध्य बनाएको बताए । `वास्तवमा यो दालल पूँजीवादी सत्ताको कारणले थुप्रै दिदीबहिनीहरुलाई प्रकाश सपुतको जस्तो सकम्बरी बनाउन बाध्य बनाएको छ´ नेता सविनले भने ` तर, हामी प्रकाश सपुतले बनाएको जस्तो सकम्बरी बन्ने होइन् । हामीले हामीमाथि भएका उत्पीडनका विरुद्ध बिद्रोह गर्न सक्नुपर्दछ । हामीले हामीमाथि गर्ने दमनका विरुद्ध आन्दोलन गर्न सक्नुपर्दछ । महिलामाथि हुने महिला हिंसाका विरुद्ध प्रतिवाद गर्नसक्नु पर्दछ र महिलाहरू आफ्नो मुक्तिका लागि आफैले संघर्ष गर्न तयार हुनुपर्दछ । अनिमात्र हामीले वास्तविक मुक्ति प्राप्त गर्न सक्दछौं ।´

 

 

नेता सविनले समाजमा विद्यमान लिङ्गीक विविध रुपहरु यथावत रहेको भन्दै महिलामाथि हुने शोषण, उत्पीडन र हिंसाबाट मुक्ति हुनका लागि महिला दिदीबहिनीहरु एक पटक समाजवादी क्रान्ति गर्नका लागि तयार स्थिति आइपरेको कुरामा उद्घोष गरे ।

 

पुरुषवादी सत्ताले महिलाको काम भनेको नितान्त बच्चा जन्माउने र घरको सम्पत्ति स्यहार गर्ने त्यतीमात्रै हो भन्ने एउटा भाष्य बनाउने खोजेको छ र त्यो भाष्यलाई हामीले बदलिदिनु पर्छ ´ उनले भने `पुरुषवादी सत्ता संरचनामा महिला मन्त्री, राष्ट्रपति हुँदैमा आम महिलाको समस्या बदलिन सक्दैन् । विभिन्न उच्च पदमा महिलाहरूलाई देखाएर आम महिलामाथि नै शोषण गर्ने यो संसदवादी व्यवस्थाको चरित्र हो । त्यसकारण हामीले के भनेका छौँ भने आजको प्रश्न समग्र महिला मुक्तिको प्रश्न हो । आजको प्रश्न समग्र महिला सहभागिताको प्रश्नमात्र होइन् । आजको प्रश्न भनेको राज्यका सबै तहमा र सम्पूर्ण तहमा महिलाहरुको समान सहभागिता रहनुपर्दछ । महिलाहरुको समान सहभागिता बिना महिलाको स्वतन्त्रता सम्भव छैन् । त्यसकारणले महिला दिदीबहिनीहरुले यो व्यवस्थाका विरुद्ध एक पटक संघर्ष गर्न तयार हुनुपर्छ भन्ने हाम्रो पार्टीको स्पष्ट दृष्टिकोण रहेको छ ।´  

 

 

नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा पूर्वी दाङ जिल्ला इन्चार्ज सम्झना सीले भेलामा शुभकामना मन्तव्य दिँदै महिलामाथि हिंसाविरुद्ध कडा संघर्ष गर्नुपर्ने बताइन् । उनले पछिल्लो चरणमा महिलाहरुमा विभिन्न खालका अन्याय र अत्याचार लगायतका हिंसात्मक घटनाहरु भइरहेको हुँदा यो संगठनले त्यस्ता हिंसाका घटनाको प्रतिरोध गर्दै महिलाका अधिकार प्राप्तिका लागि आन्दोलान गर्नुपर्नेमा जोड दिइन् ।

 

 

त्यस्तै कार्यक्रममा कलाकारको नृत्यलाई मन पराएर पार्टीका राप्ती ब्यूरो इन्चार्ज सबिन सी र संगठनले नगद रकम हस्तान्तरण गरेका थिए । 

 

उक्त भेलाले दुई जनापछि थप गर्ने गरि रमिता सीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटी सदस्य चयन गरेको छ । जसको उपाध्यक्षमा सीता सी, सचिवमा मनिषा, सह- सचिवमा सिन्धु र कोषाध्यक्षमा कृष्णी सी लगायत चयन भएका छन् ।

 

नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सीले नवनिर्वाचित जिल्ला कमिटीलाई बधाई मन्तव्य दिँदै महिलाको हक र अधिकारको लागि यो संगठनले महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

 

 

पार्टीको सहयाक संगठन कर्मचारी यूनियन महासंघ केन्द्रीय सदस्य नरबहादुर सी, अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य रेखा सी, पार्टीका जिल्ला सल्लाहकार खिमा सी, पार्टी सहायक संगठन युवा संगठन नेपालका पूर्वी दाङ जिल्ला संयोजक पदम सी, मजदुरका जिल्ला अध्यक्ष दिनेश सीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

 

 

संगठनका संयोजक साधना सीको अध्यक्षता एवं नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा राप्तीब्यूरो सविन सीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा पूर्वी दाङ जिल्ला इन्चार्ज सम्झना सी, नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सी, अखिल नेपाल महिला संघ क्रान्तिकारीका ब्यूरो इन्चार्ज अशोका सी लगायतको आतिथ्यता रहेको थियो । 

 

संगठनकी आयोजक कमिटीका कृष्णी सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मनिषा सीले गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।