११ बैशाख २०८१, मंगलवार

कोशी प्रदेश नामाकरण विरुद्धको मशाल जुलुसमा प्रहरी दमन गर्नु षड्यन्त्र : नेकपा

0

झापा / नेपाल कम्युनिस्ट पार्टी मेची व्युरोले प्रदेश न १ को नामाकरण कोशी राखेपछि त्यस विरुद्ध भएको आन्दोलन र मशालजुलुसमा प्रहरी दमन गरेर षड्यन्त्र गरिएको भन्दै बिरोध जनाएको छ।नेकपा मेची ब्युरो इन्चार्ज तथा केन्द्रिय सदस्य सुमन सिंह सीले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै घटनाको बिरोध जनाएका हुन।

इन्चार्ज सुमनद्वारा जारी बिज्ञप्तीमा: हिजो साझ दमकमा कोशी प्रदेश नामाकरणको बिरोध गर्दै पहिचान पक्षधर जनताले निकालेको मशाल जुलुसमा प्रहरीले गोलि चलाउदा
इलाम चुलाचुलिका गजेन्द्र फागो, बिर्तामोडकी निर्माल क्षेत्री, सुर्य माझी, मात्रीका धिमाल लगायत दर्जन बडि जनताहरु घाइते हुन पुगेको बताएका छन।

त्यस्तै बिज्ञप्तीमा राज्यले गरेको दमनको घोर निन्दा एबम भत्सर्ना गर्दै घटनामा संलग्नहरुको विरुद्ध सशक्त प्रतिवाद गर्ने चेतावनी समेत दिइएको छ।

यस्तो छ बिज्ञप्तीको पुर्णपाठ:

प्रदेश न. १ को नामाकंन कोशी राखिए पछि पूर्व क्षेत्र अशान्त बनिरहेको छ । पहिचान पक्षधर जनता निरन्तर प्रदर्शन/संघर्षमा छन। जसमा लाजेहाङ लिम्बुको साहदत समेत भैसकेको छ ।
हिजो सांझ दमकमा कोशी प्रदेश नाम खारेजिको माग गर्दै पहिचान पक्षधर जनताले मशाल जुलुस निकालेका थिए। मशाल जुलुसमा राज्य पक्षको तर्फबाट प्रहरिले गोलि चलाउँदै दमन गरेको छ । जसबाट इलाम चुलाचुलिका गजेन्द्र फागो, बिर्तामोडकी निर्माल क्षेत्री, सुर्य माझी, मात्रीका धिमाल लगायत दर्जन बडि जनताहरु घाइते हुन पुगेका छन । उक्त मशाल जुलुसमा राज्य पक्षको घुसपैठ भएको र परिस्थितिलाई भड्काउने प्रयत्न भएको भन्ने बिषय समेत बाहिर आएका छन । जनताको आवाज माथी राज्य पक्षबाट भएको यो दमनको हाम्रो पार्टी घोर निन्दा र भत्सर्ना गर्दै, जनता माथि हुने जस्तासुकै दमनको प्रतिवाद गर्न पार्टी जनता संगै रहेको जानकारि गराउंदछौं ।

जनताको बिरोधको बाबजुत कोशी प्रदेश नामाकंन गरिनुका पछाडी पुर्व क्षेत्रलाइ अस्थिरता र अराजकताको गम्भीर भड्खालोमा जाक्ने षड्यन्त्र छिपेको तथ्यहरुले स्पष्ट गर्छ । नेपालको संसदवाद जनताको चाहना र इच्छा भन्दा पश्चिमा शक्ती केन्द्रको स्वार्थ अनुकुलका काम गरिरहेको छ । देशमा अस्थिरता निम्त्याउने र आफू अनुकुलको प्रायोजित बिद्रोह गराउदै कार्यकारी रास्ट्रपति भन्दै नेपाली संस्करणका जेलेन्स्किहरु जन्माउने खेलमा पश्चिमा शक्तिकेन्द्र लागिपरेको तथ्यहरुले संकेत गरिरहेकै छन । यो बेला पुर्व क्षेत्रका जनताको चाहनालाइ लात हान्दै जबरजस्ति रुपमा कोशी प्रदेश नामाकंन गरिनु र परिस्थितिलाइ मुठभेड र अराजकता तर्फ लैजानु कोशी नाम राख्ने दुष्ट संसदवादिहरुको योजनाबद्ध र नियोजित खेल हो । र, यस प्रकारका सड्यन्त्रहरु प्रति सचेत रहन आम जनसमुदाय लाइ अपिल गर्दछौं।

जनतालाई एकताबद्ध गर्न नसक्ने, जनताको पहिचान, संस्कृती र बिशिस्टतालाइ संबोधन गर्न नसक्ने कथित कोशी प्रदेश नाम तुरुन्त खारेज गरियोस । साथै दमन गरेर जनताको चाहना र मागलाई निस्तेज गर्ने समय अब नरहेको कुरा प्रती सचेत गराउंदै उपयुक्त नामको निम्ति वातावरण बनाउन प्रदेश संसदलाई खबरदारी गर्दछौं । यो दलाल ब्यवस्था रहे सम्म जनताले न्याय र समानता पाउने कुरा किमार्थ सम्भव छैन । यो दमनकारी सत्तालाई खारेज गरेर वैज्ञानिक समाजवादी सत्ता सहित समाजवादी संघियता निर्माणले मात्र सम्पुर्ण निकास दिन सक्ने कुरा अवगत गराउंदै आन्दोलनकर्मी जनसमुदायलाई पहिचान र संस्कृतिलाइ शुनिश्चित गर्ने समाजवादी संघियता प्राप्तिको लडाइमा एकताबद्ध हुन अपिल गर्दछौं ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।