१६ चैत्र २०८०, शुक्रबार

अछामको ढकारीमा रहेको किसान माइक्रो फाइनान्सको शाखा माथि नेकपाद्वारा साङ्केतिक कारबाही

0

अछाम / नेपाल कम्युनिस्ट पार्टी पुर्वी अछामले जिल्लाको ढकारीमा रहेको किसान माइक्रो फाइनान्सको शाखा कार्यालयलाई साङ्केतिक कारबाही गरेको जनाएको छ।पछिल्लो समय बित्तीय संस्थाको चर्को ब्याजको आतंक र गाउका महिला, किसान र सर्वसाधारणको शोषण गरिएको भन्दै बित्तीय संस्था विरुद्ध देशव्यापी बिरोध भईरहेको बेला ढकारी शाखाले स्थानीयहरुलाई दुख दिने गरेकोले साङ्केतिक कारबाही गरेको नेकपा पुर्वी अछामका सेक्रेटरी लोकेन्द्रले बताएका छन।

सेक्रेटरी लोकेन्द्रका अनुसार आफुहरुले ब्याजदर घटाउन पटकपटक अनुरोध गरेको, स्थानीयहरुलाई रिण, रिणको किस्ता र ब्याज असुलीको नाममा दबाब नदिन भन्दा समेत नमानेपछि शाखा कार्यालयको साइन बोर्ड हटाएर साङ्केतिक बिरोध गरेको जानकारी दिएका छन।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।