२४ बैशाख २०८१, सोमबार

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना 

0

 

काठमाडौं।कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यी प्रदेशका एक/दुई स्थानमा चट्याङसहित वर्षा हुन सक्छ । अन्य प्रदेशमा भने दिउँसाे पानी पर्ने सम्भावना छैन । 

 

कोशी, मधेश, बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ । बाँकी भूभागमा पनि आंशिक, सामान्य बदली देखिएर मौसम सफा नै रहने महाशाखाले जनाएको छ । 

 

आज राति कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम समान्यतया सफा रहेन पूर्वानुमान छ । 

भोलि आइतबार पनि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा आकाश गडगडाउँदै पानी पर्न सक्ने महाशाखाले सूचनामा उल्लेख गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।