११ श्रावण २०८१, शनिबार

धर्मेन्द्र -सुदर्शनले साम्राज्यवादको इसारामा पार्टी फुटाएको पुष्ठि भयो : पाटन

0

तुलसीपुर: युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन सीले धर्मेन्द्र -सुदर्शनले साम्राज्यवादको इसारामा पार्टी फुटाएको पुष्ठि भएको ठोकुवा गरेका छन्।

शनिवार तुलसीपुरमा युवा संगठन नेपाल पश्चिम दाङ जिल्ला समितिको छैठौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता पाटनले यस्तो बताएका हुन् ।

नेता पाटनले भने,- ‘साम्राज्यवादले हाम्रो पार्टीलाई राजनीतिक , वैचारिक , आर्थिक र अन्तिममा भौतिक हिसाबले सिध्याउन चाहेको थियो तर त्यो सम्भव नभएपछि पार्टीले कार्यनीतिक रुपले स्वतन्त्र ढंगले स्थानीय चुनाव प्रयोग गर्ने कार्यक्रम बनाएपछि धर्मेन्द्र -सुदर्शन भागेका थिए । हामीलाई चुनाव प्रयोग गर्दा संसोधनवादीको आरोप लगाएका धर्मेन्द्र-सुदर्शनहरुले २०६४ मै चुनाव प्रयोग गरेको पार्टी र पछि चुनावी मोर्चा बनाएका वैद्यसंग कसरी एकता गरे ? यसको जवाफ चाहिन्छ । वैद्यबाट फुट्दा वैद्य के कारणले गलत थिए?के कार्यनीति लिएका थिए? किन क्रान्ति गर्दैन थिए?त्यो स्पष्ट पार्नुपर्छ । क्रान्ति गरिरहेको पार्टीलाई अनेक आरोप लगाएर भागेका धर्मेन्द्र -सुदर्शनले सबै कुराको जवाफ दिनुपर्छ । अहिले पुष्ठी भएको कुरा के हो भने कुनै राजनीतिक , वैचारिक मतभेद भएर पार्टी फुटाएका थिएनन् । यो त साम्राज्यवाद इसारामा गरेका हुन् भन्ने स्पष्ट भएको छ।’

नेता पाटनले संसदीय व्यवस्था र यसका संचालकहरुका कारणले नेपाल गुलाम , श्रमिक , धनी राष्ट्रका मालिकका नोकरहरु जन्माउने देश जस्तो भएको बताए ।
उनले भने ‘ नेपाल गुलाम जन्माउने देश जस्तो भएको छ । यो सबै दलाल पुजीवादी संसदीय व्यवस्थाका कारणले गर्दा भएको हो । आन्दोलन युवाहरुले गर्ने हो । संघर्ष युवाहरुले गर्ने हो । परिवर्तन युवाहरुको हातमा छ । युवा शक्तिलाई सहि ढंगले परिचालन गरियो भने देश समृद्ध बनाउन सकिन्छ त्यसका लागि अहिले संसदीय व्यवस्थाको समुल नष्ट एकमात्र विकल्प हो ।’

संसदीय व्यवस्था दिनप्रतिदिन संकटमा फसिरहेको छ , उनले थपे‘युवाहरुको काँधमा यो संकटग्रस्त व्यवस्थाका विरुद्ध संघर्ष गर्ने युगिन जिम्मेवारी आएको छ । यसका लागि संगठनलाई गाउँगाउँमा स्थापित र बिस्तार गर्न आवश्यक छ ।’

विश्वमा पुजीवाद संकटमा छ भने नेपालमा दलाल पुजीवादी संसदीय व्यवस्था चरम संकटमा छ । उनले थपे,‘यो संकट पछ्याउन अहिले शरणार्थी प्रकरणलाई जोड दिइएको छ । हामी भ्रष्टाचार विरुद्ध राज्यको कदमको स्वागत गर्छौ तर के राज्यले ओम्नि , वाइडवडी , एनसेल काण्ड लगाएतका भ्रष्टाचारीलाई कार्वाही गर्न सक्छ? कानुनको कठघरामा ल्याउन सक्छन त भन्दा सक्दैनन् त्यसैले यो केवल नेपाली जनताको ध्यान भड्काउन खोजिएको हो । व्यवस्थाको संकट टार्न रवीहरु उदाएका छन् । रवी अमेरिकी दलाल हुन् । नेपाली जनतामा संसदिय व्यवस्थाको कारणले पैदा भएको निराशा छोप्ने मात्रै हुन् रवीहरुले ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।