१५ बैशाख २०८१, शनिबार

विष्णु भण्डारीको ‘नेपाली युद्धसाहित्य’ बजारमा

0

काठमाडौं । प्रगतिशील साहित्यकार विष्णु भण्डारीको गैरआख्यानात्मक कृति ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक भएको छ ।

पद्यकन्या क्याम्पसको सगरमाथा हलमा शनिबार आयोजित कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’, माक्र्सवादी सौन्दर्यचिन्तक निनु चापागाईं, कवि तथा समालोचकहरु डा. अमर गिरी र डा. विन्दु शर्माले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन ।

पुस्तकमा नेपालमा वि. सं. १४५० देखि हालसम्म भएका युद्धमाथि लेखिएको साहित्यको ऐतिहासिक विवेचना गरेका छन् । कृतिमा नेपाली युद्धसाहित्यका साथै नेपाली द्वन्द्वसाहित्य र जनयुद्धको साहित्यको पनि चर्चा गरिएको छ । साथै २००७ र २०१८ सालमा भएका सशस्त्र विद्रोहमा लेखिएको साहित्यको पनि विवेचना गरिएको छ ।

लेखक भण्डारीले नेपाली युद्धसाहित्यमाथि अध्ययन नभएको हुँदा यस विषयमा काम गर्ने हुटहुटी पैदा भएकाले कृति तयार गरेको जनाए । उनले कृतिमा एकीकृत राष्ट्रनिर्माणको क्रममा भएका युद्ध, नेपालको अखण्डता, सार्वभौमिकता तथा प्रजातन्त्र र गणतन्त्र प्राप्तिका लागि भएका युद्ध र सशस्त्र विद्रोहमाथि लेखिएको साहित्यका साथै द्वन्द्वसाहित्यको पनि विवेचना गरिएको जनाए ।

 भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको उक्त पुस्तकमा ५०० पृष्ठ छन भने पुस्तकको मूल्य ७०० रुपैयाँ राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।