१४ बैशाख २०८१, शुक्रबार

सहिद पत्नि मालतिले भनिन् : उहाँको सपना पुरा गर्न क्रान्तिमा होमिएकी हु

0

 तुलसीपुर । एकीकृत जनक्रान्तीका सहिद गोकुल राणा मगर (महान)कि पत्नी मालती राणाले क्रान्तिमा सहादत प्राप्त गर्नुभएका आफ्ना पतिको सपना पूरा गर्न क्रान्तिमा होमिएको स्पष्ट पार्नुभएको छ ।

 

आज आइतबार दाङको तुलसीपुरमा अनेमसंघ क्रान्तिकारी पश्चिम दाङको दशौ जिल्ला सम्मेलनमा शुभकामना मन्तव्य राख्दै सहिद महानकि पत्नी राणाले उक्त कुरा बताउनुभएको हो ।

 

मगर मुक्ती मोर्चा नेपालका केन्द्रीय सदस्य समेत रहनुभएकी मालती राणाले भन्नुभयो – ‘एकीकृत जनक्रान्तिमा महान कमरेडले सहादत प्राप्त गर्नुभयो । उहाँको सहादतले म बिक्षिप्त भएकि छैन बरु मैले शोकलाइ शक्तिमा बदलेकी छुँ । म उहाँको सहादतलाई शक्तिमा बदलेर उहाँको सपना पूरा गर्न क्रान्तिमा होमिएकी हुँ । मलाइ बिश्वास छ तपाईं हामी सबै मिलेर हाम्रा सहिदहरुका सपना पूरा गर्नुपर्छ ।’

 

कार्यक्रममा बोल्दै नेतृ मालती राणाले विप्लवले मात्रै सहिदहरुका सपना साकार पार्ने कुरामा आफू बिश्वस्त भएको बताउनुभएको थियो । सहिद कमरेड महानले पनि भन्नुहुन्थ्यो विप्लवबाट धोका हुँदैन । उहाँले थप्नुभयो ‘महिला दिदिबहिनीहरुले हिजो जनयुद्धमा बन्दुक बोकेका हौं । आज हामिले पाएका अधिकार पनि गुम्ने खतरा छ । आज महिलामा नयाँ खालका विभेद देखिएका छन् । दलाल पुजीवादले महिलालाइ वस्तुको रुपमा बुझ्दै महिलामाथी अत्याचार थुपारेको छ । हामिले अब यो बिभेदका विरुद्ध लड्न आवश्यक छ ।’

एक अर्को प्रसंगमा बोल्दै सहिद महानकि पत्नी मालती राणाले पार्टीले सहिद परिवारको राम्रोसंग हेरचाह गर्नुपर्ने बताउनुभएको हो । उहाँले पार्टीले सहिद परिवारलाइ परेको अप्ठ्यारोमा हरहमेसा साथ दिएको भन्दै जिल्ला पार्टीलाई धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।