१७ बैशाख २०८१, सोमबार

आज देशव्यापी विद्यार्थी दिवस मनाइदै

विप्लव देखी प्रचण्ड,नेपाल र भट्टराई सम्मका नेताहरूले सम्बोधन गर्ने

0

काठमाडौ / आज विभिन्न विद्यार्थी संगठनहरुले देशव्यापी विद्यार्थी दिवस मनाउने भएका छ्न।२०१७ साल पौष १ गते तत्कालीन राजा महेन्द्रले सैनिक कु गरी निर्दलिय पञ्चायती व्यवस्था लागु गरेपछि संघ/ संगठन खोल्न प्रतिबन्ध लगाएको बिरोधमा स्ववियु खोल्न पाउनुपर्ने , गोर्खा भर्ति केन्द्र खारेज गरिनुपर्ने लगाएतका माग राखि आन्दोलनरत विद्यार्थीका माग २०२१ मा पुरा गरिएको दिनको सन्दर्भमा विद्यार्थी दिवस मनाउन थालिएको हो।

विद्यार्थी दिवस मनाउने सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध अखिल (क्रान्तिकारी) ,माओवादी सम्बद्ध अखिल (क्रान्तिकारी), एकीकृत समाजवादी सम्बद्ध समाजवादी विद्यार्थी लगाएतका संगठनहरुले दिउसो १ बजे रास्ट्रीय नाचघरमा संयुक्त रूपमा कार्यक्रम गरि दिवस मनाउन लागेको अखिल क्रान्तिकारीका महासचिव ललित सी ले जानकारी दिएका छन।

कार्यक्रममा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा महासचिव विप्लव , पुर्व प्रधानमन्त्रीहरु माधव नेपाल र बाबुराम भट्टराई लगाएतका नेताहरूले सम्बोधन गर्नेछन।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।