
काठमाडौ / पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गरिबी र बेरोजगारीबाट मुक्त हुने नेपालीहरुको दशकौंदेखिको चाहाना अझै पुरा हुन नसकेको बताएका छन।५९ औं विद्यार्थी दिवसको अवसरमा काठमाडौको जमलस्थित रास्ट्रीय नाचघरमा आयोजित “विद्यार्थी दिवस र अबको बाटो बिषयक कार्यक्रम”लाई सम्बोधन गर्दै डा भट्टराईले यस्तो धारणा राखेका हुन ।
शिक्षा , स्वास्थ्य लगाएत सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने र क्रान्तिकारी भुमिसुधारको कार्यान्वयन गर्न नसकिएका कारण नेपालको क्रान्ति पुरा भएको मान्न नसकिने भन्दै पुर्वप्रधानमन्त्री भट्टराईले संविधान सभाले संविधान बनाउँदा देखी नै यसलाई आफुले आधा गिलास भरिएको र आधा खाली भन्ने निष्कर्ष निकालेको स्मरण समेत गरे।
देशमा बेरोजगारी बिशेषत: शैक्षिक बेरोजगारीको स्थिति भयावह बन्दै गएको र नेपाली जनताको करिब आधा जनसंख्या निरपेक्ष गरिबीको जीवन बाँच्न विवश रहको बेला यो स्थितिबाट पार पाउन विद्यमान प्रणाली असफल साबित भएको अब प्रस्टै छ।
मन्तव्यको क्रममा उनले देशका समस्याहरुलाई निकास दिन, देशको आजको सामाजिक -आर्थिक परिस्थितिबाट अगाडि बढ्न र समाजवादी आर्थिक तथा राजनीतिक कार्यक्रम लागु गर्न सबै देशभक्त, प्रगतिशील ,क्रान्तिकारी र कम्युनिस्ट शक्तिहरु एक हुनु अनिवार्य रहेको समेत उल्लेख गरे।