१६ बैशाख २०८१, आईतवार

तामाङ्ग मुक्ती मोर्चा ललितपुरको जिल्ला भेला जेठ २० गते हुने 

0

 

ललितपुर।तामाङ मुक्ती मोर्चा नेपाल ललितपुरको जिल्ला भेला जेठ २० गते गर्ने निर्णय भएको छ। सोमवार हरिसिद्धिमा बसेको तामाङ मुक्ती मोर्चा ललितपुर जिल्ला भेला आयोजक कमिटी गठन कार्यक्रमले सो निर्णय गरेको हो। उक्त बैठकले दिपेश तामाङको संयोजकत्वमा दस सदस्यिय आयोजक समिति समेत गठन गरेको छ।

प्रमुख अतिथि नेकपा केन्द्रिय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज विपिन सीले प्रशिक्षण सहितको मन्तव्य राख्दै पार्टीकाे आन्दोलनमा वैज्ञानिक समाजवाद प्राप्त गर्नको लागि मोर्चाको आन्दोलन/ संघर्षको महत्त्व पुर्ण भूमिका भुने बताएका छन्। नव गठित तामाङ मुक्ति मोर्चाले देशै भरिका तमाङ जनताले सङ्गठित भई संघर्ष गर्नुपर्ने अहिले को आवश्यकता भएको बताएका छन्। 

कार्यक्रममा तामाङ मुक्ती मोर्चाका केन्द्रीय संयोजक प्रेरक सी नेकपा ललितपुर जिल्ला सचिव विकास सी लगायतका नेताहरुले मन्तव्य राखेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।