१६ चैत्र २०८०, शुक्रबार

पश्चिम दाङमा किसान , मजदुर र श्रमिक समुदायको संयुक्त भेला

0

तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङका जवस/मोर्चाहरुको संयुक्त भेला सम्पन्न भएका छन् ।
बुधवार तुलसीपुरमा सम्पन्न भेलाले नयाँ नेतृत्व चयन गरेको छ ।

जनवर्गीय संगठन / मोर्चाहरुको संयुक्त भेलाले अखिल नेपाल किसान महासंघ क्रान्तिकारी पश्चिम दाङको अध्यक्ष खिम बहादुर सीलाइ निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा टेक बहादुर (भुवन) सी , सचिवमा बालकृष्ण सी , सह-सचिवमा धना सी र कोषाध्यक्षमा गोबिन्द सी निर्वाचित भएका छन् । सदस्यहरुमा डम्बर सी , खेमलाल सी , खुशलाल सी , मैना सी , राम बहादुर सी , केशर सी , टेक बहादुर सी र शंकर सीसहित १३ सदस्यीय जिल्ला समिती निर्वाचित गरिएको हो ।

यस्तै भेलाले भिम प्रकाश (संकल्प) सीको अध्यक्षतामा ९ सदस्यीय अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ पश्चिम दाङ जिल्ला सम्मेलन आयोजक समिती निर्वाचित गरेको छ । जसको सदस्यहरुमा सुन्दर सी , ओपेन्द्र सी , गर्जन सी , प्रेम सी , तारा सी , विपन सी , भुम बहादुर सी रहेका छन् ।

यस्तै आज सम्पन्न संयुक्त जवस/मोर्चाहरुको भेलाले दिल बहादुर सीलाई अध्यक्ष निर्वाचित गर्दै १३ सदस्यीय श्रमिक समुदाय मोर्चा नेपाल पश्चिम दाङ जिल्ला समिती निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा डम्बर सी , सचिवमा बिष्णु सी , सह-सचिवमा देबराज सी , कोषाध्यक्षमा ओम प्रकाश सी रहेका छन् । सदस्यहरुमा दल बहादुर सी , मानसिंह सी , अतिराम सी , शोभाराम सी , लिला सी , नम बहादुर सी , भिम बहादुर सी निर्वाचित भएका हुन् ।

यस्तै भेलामा श्रमिक समुदाय मोर्चा नेपाल बबई गाउँपालिका समिती घोषणा गरिएको छ । दल बहादुर सीको अध्यक्षतामा १० सदस्यीय गाउँपालिका समिती निर्वाचित गरिएको नेकपाले जनाएको छ । जसको उपाध्यक्षमा प्रेम बहादुर सी , सचिवमा लिला सी , कोषाध्यक्षमा भिम सी र सदस्यहरुमा टोप बहादुर सी , नेत्रलाल सी , हरि कुमारी सी , मोति सी , भुपलाल सी र ओम वीर सिंह रहेका छन् ।

नेकपाका पोलिटब्युरो सदस्य शितल सीको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सी , नेकपाका केन्द्रीय प्रतिनिधि समितिका सदस्य तथा पश्चिम दाङका सचिव निर्मल सी , नेकपाका केन्द्रीय प्रतिनिधि समितिका सदस्य तथा राप्ती ब्युरो कार्यालय सचिव विकाश सी , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष डिल्ली सी , अखिल नेपाल किसान महासंघ क्रान्तिकारी राप्ती ब्युरो इन्चार्ज बिजय सी , अखिल नेपाल गणतान्त्रिक खेलकुद महासंघ लुम्बिनी प्रदेश इन्चार्ज रुद्र सी , नेकपा तुलसीपुर उपमहानगर कमिटिका इन्चार्ज भुवन सी , नेकपा बबई गाउँपालिका इन्चार्ज उज्वल सी , नेकपा शान्तिनगर गाउँपालिका इन्चार्ज सुधार सी , अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य रेखा सी , युवा संगठन नेपाल राप्ती ब्युरो इन्चार्ज जिवनी सी , युवा संगठन नेपालका केन्द्रीय सदस्य शुदर्शन सी , जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हेमन्त प्रकाश ओली , नेकपा पश्चिम दाङका सचिवालय सदस्य भरत सी , नेकपा पश्चिम दाङ जिल्ला सदस्य खड्क सी , नेकपा पश्चिम दाङ जिल्ला सदस्य अरुणा सी , युवा संगठन नेपाल पश्चिम दाङ जिल्ला अध्यक्ष आकाश सी , नेकपा पश्चिम दाङका सल्लाहकार शुरेस सी , मगर मुक्ती मोर्चा नेपालका केन्द्रीय सदस्य भिम सी , थारु मुक्ती मोर्चा नेपालका केन्द्रीय सदस्य चुलुवा सी , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य दिनेश सीको आतिथ्य रहेको थियो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सी , नेकपाका केन्द्रीय प्रतिनिधि समितिका सदस्य तथा राप्ती ब्युरो कार्यालय सचिव विकाश सी , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष डिल्ली सी , अखिल नेपाल किसान महासंघ क्रान्तिकारी राप्ती ब्युरो इन्चार्ज बिजय सी , नेकपा तुलसीपुर उपमहानगर कमिटिका इन्चार्ज भुवन सी , नेकपा बबई गाउँपालिका इन्चार्ज उज्वल सी , नेकपा शान्तिनगर गाउँपालिका इन्चार्ज सुधार सी , अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य रेखा सी , युवा संगठन नेपाल राप्ती ब्युरो इन्चार्ज जिवनी सी , युवा संगठन नेपालका केन्द्रीय सदस्य शुदर्शन सी , जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हेमन्त प्रकाश ओली , मगर मुक्ती मोर्चा नेपालका केन्द्रीय सदस्य भिम सी , थारु मुक्ती मोर्चा नेपालका केन्द्रीय सदस्य चुलुवा सी , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य दिनेश सी , अखिल नेपाल गणतान्त्रिक खेलकुद महासंघ लुम्बिनी प्रदेश इन्चार्ज रुद्र सी लगाएतले भेला सफलताको शुभकामना व्यक्त गरेका थिए ।

नेकपाका केन्द्रीय प्रतिनिधि समितिका सदस्य तथा पश्चिम दाङका सचिव निर्मल सीले संयुक्त भेलामा प्यानल प्रस्तुत गरेका थिए ।

अखिल नेपाल किसान महासंघ क्रान्तिकारी पश्चिम दाङको अध्यक्ष खिम बहादुर सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता मगर मुक्ती मोर्चा नेपालका केन्द्रीय सदस्य सिबेन्द्र सीले गरेका थिए भने कार्यक्रमको संचालन श्रमिक समुदाय मोर्चा नेपाल पश्चिम दाङका अध्यक्ष दिल बहादुर सीले गरेका थिए ।

जनवर्गीय संगठन /मोर्चाहरुको प्रथम भेला आयोजक समितीको आयोजनामा आयोजित भेलामा सामना परिवारकि विपना सीले विभिन्न जनवादी नृत्यहरु प्रस्तुत गरेकी थिइन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।