१३ बैशाख २०८१, बिहीबार

अहिलेका सत्ताधारीहरुले नेपाल आमालाई बेचेर खाने सोचिरहेका छन् : नेता शितल

0

 

तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीका पिबिएम शितल सीले अहिलेका सत्ताधारीहरुले नेपाल आमालाइ बेचेर खाने सोचिरहेको बताएका छन् ।

बुधबार नेकपा पश्चिम दाङका जनवर्गीय संगठन / मोर्चाहरुको संयुक्त प्रथम भेलालाइ सम्बोधन गर्दै नेता शितलले उक्त कुरा बताएका हुन् ।

भेलालाइ सम्बोधन गर्दै नेता शितलले भने – ‘नेपालमा वैज्ञानिक समाजवाद नै आजको एकमात्र विकल्प हो । संसदीय व्यवस्था र यसका संचालकहरुले देशलाइ खाल्डोमा हालिरहेका छन् । अहिलेका सत्ताधारीहरुले नेपाल आमालाइ समेत बेचेर खाने सोचिरहेका छन् ।’

नेता शितलले साम्राज्यवादको हातमा देश जान थालेको बताए । उनले भने ‘वर्गदुस्मनले हामिलाइ दुई बर्ष प्रतिबन्धित गर्यो । हामिले क्रान्ती गर्ने होइन भने देश डुब्छ । हाम्रो पार्टी यो देशमा छैन भन्ने बर्गदुस्मनले थाहा पाए भने यो देश डुबाउछन । अब मुलुक साम्राज्यवादिहरुको हातमा जादैछ । हामीलाइ साम्राज्यवादि हस्तक्षेपका विरुद्ध देश डुब्न दिनुभन्दा मृत्यु स्विकार्य छ । हामी देशलाइ साम्राज्यवादको हातमा सुम्पिने दलाल पुजीवादी संसदीय व्यवस्थाका विरुद्ध निर्मम भएर लड्छौं ।’

कुल जनसंख्याको एक तिहाई नेपाली बिदेशमा छन । उनले थपे, ‘हामी नेपाली र हाम्रो देश यतिबेला अत्यन्त अप्ठ्यारोमा परेको छ । यो अप्ठ्यारो फुकाउन हाम्रो पार्टी छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अक्षम्य अपराध सत्ताको बागडोर सम्हालेका शासकहरुले गरिरहेका छन् । लाज पचाएर यो व्यवस्था र यसका संचालकहरु हालिमुहालि गरेका छन् यसको प्रतिरोध अब नेकपाले गर्छ त्यसमा जनताको साथ चाहिन्छ ।’

एक अर्को प्रसंगमा बोल्दै नेता शितलले अबपनि माओवादी केन्द्र साम्राज्यवादले सिध्याउने ठोकुवा गरेका थिए । उनले भने , ‘माओवादी पनि यहीँ संसदीय दलदलमा फसिरहने हो भने अबको दुई बर्षको समयमा साम्राज्यवादले सिध्याउछ । साम्राज्यवादले माओवादी सिध्याउने रणनीति अगाडी बढाएको छ ।

नेता शितलले संसदीय व्यवस्था र यसका शासकहरुलाई धुलोमा मिलाइदिनुपर्ने समय आएको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।