१५ बैशाख २०८१, शनिबार

भ्रष्टाचारका विरूद्व कडा संघर्ष गर्ने नेकपाकाे निर्णय

0

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले भ्रष्टाचारका विरूद्व कडा संघर्ष गर्ने निर्णय गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीको बुधबार पार्टी केन्द्रीय कार्यालय बुद्वनगरमा बसेकाे स्थायी समितिको बैठकले देशमा भ्रष्टाचारको जालाे ठुलो रहेको र त्यस विरूद्व कडा संघर्ष गर्न आवश्यक भएको निष्कर्ष निकालेकाे हाे ।

बैठकले महासचिव विप्लवले भ्रष्टाचार विरूद्व सम्बाेधन गरिरहेको फेसबुक लाइभ कार्यक्रमलाई बन्द गर्ने षड्यन्त्रकारी हर्कत भएको प्रति खेद प्रकट गरेको छ ।

यस्तै नेकपाकाे बैठकले देशमा बढ्दै गएको संकट समाधानका लागि सबै माओवादी, कम्युनिस्ट शक्ति, देशभक्त र लोकतान्त्रिक शक्तिहरु बीच समाजवादी बृहत संयुक्त मोर्चा निर्माणमा जोड दिने निर्णय गरेको छ ।

नेकपाले तीन कम्युनिस्ट पार्टी बीच हालै सम्पन्न पार्टी एकतालाई अझ सुदृढ गर्न तत्काल केन्द्रिय समितिको बैठक बस्ने तयारी गरेको स्थायी समिति सदस्य भरत सीले जानकारी दिएका छन ।

नेकपाकाे स्थायी समितिको बैठकले हालै एकतामा आएका तत्कालीन नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णाजित बुढाथोकीलाई स्थायी समिति सदस्यमा मनाेनित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।