१४ बैशाख २०८१, शुक्रबार

नेकपा केन्द्रीय सल्लाहकार समितिको बैठक सम्पन्न

0

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सल्लाहकार समितिको बैठक काठमाडौँको बुद्धनगरस्थित पार्टी कार्यालयमा शुक्रबार सम्पन्न भएको छ।

उक्त बैठकमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी द्वारा प्रस्तुत ‘क्रान्तिकारी बिचको एकतालाई अगाडि बढाऊ,एकीकृत जनक्रान्तिलाई सुदृढ गरौँ ‘ दस्तावेजमाथि केन्द्रीय सल्लहाकार दीर्घ सी , होम सी , यादब सी , सन्तोषी सी ,राजेन्द्र सी , ध्रुव सी , प्रकाश सी र दिपक सीले सल्लाह – सुझावका साथै आफ्नो धारणा राखेका थिए ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीको प्रमुख अतिथ्यता र नेकपाका स्थायी समिति सदस्य सुसिलको आतिथ्यता रहेको उक्त बैठक नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सल्लाहकार समितिका संयोजक दीर्घ सी को अध्यक्षतामा सम्पन्न भएको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।