८ बैशाख २०८१, शनिबार

ललितपुरमा जनता संग नेकपाको हातेमालो अभियान तीव्र 

एकैदिनमा वडा र युवा संगठनको भेला सम्पन्न

0

 

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी ललितपुरले जनता संग नेकपाको हातेमालो अभियान तीव्र पारेको छ। नेकपा ललितपुरले अभियानको क्रममा शनिवार एकै दिनमा ललितपुर महानगपालिका वडा नं २३ मा नेकपाको वडा कमिटी र युवा संगठन नेपालकाे वडा भेला सम्पन्न गरेको हो।

जनताका दुःख पीडा र समस्यामा सहयोगी बन्ने उदेश्यका साथ नेकपा ललितपुरले सुरु गरेको जनता संग नेकपाको हातेमालो अभियानले जनपक्षिय कामहरु गर्दै संगठन विस्तारलाई पनि तिब्रता दिएको छ। ललितपुर महानगर वडा नं २३ हात्तीवन मा सुरेश कुमारको नेतृत्वमा ७ सदस्यीय वडा कमिटी र मनिसको नेतृत्वमा ११ सदस्यिय इकाई कमिटी निर्माण गरिएको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज विपिन सिले जानकारी गराए।

कार्यक्रममा प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज विपिन सी , अतिथि नेकपा ललितपुरका सेक्रेटरी विकास सी,जिल्ला सदस्य भरत सि , उत्तम सि , कैलाश सि , टंक सि , तथा महानगर सदस्यहरु सुरज सि , पवन सि रहेका थिए भने कार्यक्रमको सञ्चालन महानगरका सेक्रेटरी बज्र सीले गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।