११ बैशाख २०८१, मंगलवार

अखिल (क्रान्तिकारी) कास्की र क्याम्पस समितिको संयुक्त भेला सम्पन्न, अध्यक्षमा सचिन सी र केश सी निर्वाचित

0

पोखरा:  नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कास्की जिल्ला समिति र क्याम्पस जिल्ला समितिको संयुक्त भेला शनिबार पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ ।

उक्त भेलाबाट कास्की जिल्ला समिति अध्यक्षमा केश सि,उपाध्यक्षमा शेर बहादुर सि, सचिवमा चन्द्र सि, सहसचिवमा झलक सि, कोषाध्यक्षमा माधव सि लगायत २१ जना सदस्यीय समिति निर्वाचित भएको छ भने क्याम्पस जिल्ला समितिको अध्यक्षमा सचिन सि, सचिवमा देव सी  र कोषाध्यक्षमा सरिता सि लगायत १७ सदस्यीय समिति निर्वाचित भएकाे छ ।

उक्त कार्यक्रमको अध्यक्षता अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा क्याम्पस जिल्ला अध्यक्ष सचिव सी ले गरेका थिए भने प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी पाेलिट ब्युरो सदस्य तथा पश्चिम गण्डक ब्युरो इन्चार्ज राजन सी थिए । यस्तै अतिथिहरु पार्टी केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज उभार सि र अखिल (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष नरेन्द्र सि, कास्की जिल्ला सेक्रेटरी काजी सि, युवा संगठन नेपाल पश्चिम गण्डक ब्युरो इन्चार्ज युवराज सि  र अखिल (क्रान्तिकारी) पूर्वी गण्डक ब्युरो इन्चार्ज पुरन सि लगायतको विशेष उपस्थिति रहेको थियोे ।

उक्त कार्यक्रमको संचालन केश सिले गरेका थिए भने क्याम्पस जिल्ला समितिका बाँकी पदाधिकारीहरु पछिल्लो बैठकबाट चयन गर्ने अध्यक्ष सचिनले बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।