१४ बैशाख २०८१, शुक्रबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबैलाई छानबिन गरी कारबाही गर्न अखिल (क्रान्तिकारी) काे माग 

0

 

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबैलाई छानबिन गरी कारबाही गर्न अखिल (क्रान्तिकारी) ले माग गरेको छ। बिहबार संगठनका अध्यक्ष प्रकाश सीले एक प्रेस वक्तव्य मार्फत् यस्तो माग गरेका हुन।

वक्तव्यमा भनिएको छ “सरकारी वकिलको कार्यालय र काठमाडौ जिल्ला अदालतले दोषीलाई हदै सम्मको सजाय गर्न र नेपाल सरकारले अनुसन्धानको क्रममा नाम जोडिएकाहरुलाई छानविनको दायरामा ल्याएर सत्यतथ्य बाहिर सार्वजनिक गरोस भन्ने माग यसै विज्ञप्ति मार्फत राख्दछौ”  दलहरु मिलेर घटना थामथुम पार्ने प्रपन्च गरिएमा अखिल(क्रान्तिकारी) नेपाली जनताको अभिमत अनुसार कारवाही गर्न बाध्य हुने पनि चेतावनी दिएको छ।

वक्तव्यमा “नक्कली भुटानी शरणार्थी काण्डमा नेपाली असा सा नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा पूर्व उपप्रधान तथा गृहमन्त्री, पूर्व उप प्रधानमन्त्री, गृह सचिव, विचौलियाहरु, नेताका आफन्त लगाएत ३० जनाको ठुलो गिरोह भ्रष्टाचार तथा राष्ट्रद्रोहमा जोडिएको मुद्धामा काठमाडौं जिल्ला अदलतमा मुद्धा दायर गरिएको छ । जुन नेपाल सरकारले नेपाल प्रहरीको सहयोगमा गरेको प्रशंसनिय काम हो तर घटनाका दोषीहरुले बयानमा पुर्व प्रधानमन्त्री, बहालवाला प्रहरी प्रमुख देखि हालका अख्तियार प्रमुख सम्मको नाम किटान गरेका खबरहरु बाहिर आईरहेका छन । ति व्यक्तिहरु माथी छानविन वा सामान्य सोधपुछ सम्म नगरिएको घटनाले यो नक्कली सरणार्थी प्रकरणमा अहिलेका मुल पार्टीका प्रमुख, कर्मचारीका माथिल्लो तह र विचौलियाहरुको स्पष्ट संलग्नता लाई नकार्न सकिदैन । यो घटनामा अहिले जनमानसले शंका गरे जस्तो ठुला दलहरु मिलेर घटना थामथुम पार्ने प्रपन्च गरिएको हो भने हाम्रो संगठनले विगतमा भ्रष्ट Ncell कम्पनी, चुडामणी शर्मा, वाईडबडी काण्ड र भ्रष्ट तत्कालिन अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध गरेको कारवाही जसरी नै नेपाली जनताको अभिमत अनुसार कारवाही गर्न बाध्य हुने पनि यसै विज्ञप्ति मार्फत जानकारी गराउदछौं । सरकारी वकिलको कार्यालय र काठमाडौ जिल्ला अदालतले दोषीलाई हदै सम्मको सजाय गर्न र नेपाल सरकारले अनुसन्धानको क्रममा नाम जोडिएकाहरुलाई छानविनको दायरामा ल्याएर सत्यतथ्य बाहिर सार्वजनिक गरोस भन्ने माग यसै विज्ञप्ति मार्फत राख्दछौ । साथै भ्रष्ट दलाल संसदीय व्यवस्था रहेसम्म भ्रष्टाचारका यस्ता काण्डहरु दोहोरी रहने भएकाले नयाँ राज्य व्यवस्था वैज्ञानिक समाजवादका लागि एकजुट भई संघर्ष गर्न युवा विद्यार्थीहरुमा अपिल गर्दछौं” उल्लेख छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।