७ बैशाख २०८१, शुक्रबार

समाजवादी मोर्चा निर्माण गर्ने नेकपा केन्द्रिय समितिको निर्णय

0

कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टी नवौं केन्द्रिय समितिको एकताको बिशेष बैठक सम्पन्न भएको छ।महासचिव विप्लवको अध्यक्षतामा बिहिवार देखि नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय कार्यालय कपिलवस्तुमा सम्पन्न भएको बैठकले देशको विद्यमान संकटको निकास, रास्ट्रीय स्वाधीनताको रक्षा र कम्युनिस्ट क्रान्तिकारीहरुको एकता र ध्रुवीकरणका लागि समाजवादी मोर्चा निर्माणको ठोष पहल गर्ने निर्णय गरेको छ।

बैठकले अघिल्लो केन्द्रिय समितिले तय गरेको पहिलो ६ महिने आवधिक योजनाको समिक्षा गर्दै आवधिक योजनाको बाकी अवधिको लागि कामहरू व्यवस्थित गर्ने, देशव्यापी बैचारिक प्रशिक्षण गर्ने,असार १० गते देखि जनश्रममा केन्द्रित हुने निर्णय गरेको छ।

त्यस्तै बैठकले मिटरव्याज, भ्रष्टाचार, सामाजिक साँस्कृतिक बिकृति विरुद्ध संघर्ष गर्ने निर्णय समेत गरेको छ।

गत महिना नेपाल कम्युनिस्ट पार्टी , माओवादी समाजवादी पार्टी र श्रमिक जनता पार्टीबिच एकता प्रक्रिया सम्पन्न भएपछिको यो बैठक एकताको विशेष बैठकको रूपमा लिईएको छ भने बैठकले एकता सम्बन्धि कामहरूलाई पुर्णता दिएको समेत बताईएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।