२२ बैशाख २०८१, शनिबार

भ्रष्टाचार र मिटरब्याजीका विरुद्ध झापाका विभिन्न स्थानमा मसाल जुलुस

0

झापा: बढ्दो महंगी, भ्रष्टाचार, मिटरब्याजी र वित्तीय संस्थाहरुको ज्यादती विरुद्ध नेपाल कम्युनिस्ट पार्टी झापाले आज साँझ जिल्लाका विभिन्न पालिकाहरुमा मसाल जुलुस तथा कोणसभा सम्पन्न गरेको छ।

विगत केही महिनादेखि वित्तीय संस्थाको अराजकता, मिटरव्याजी तथा बैंकहरुको ज्यादती , महंगी , भ्रष्टाचार लगायतका विषयमा संघर्ष गर्दै आइरहेको उक्त पार्टीले आज साँझ मसाल जुलुस सहितको कोणसभा सम्पन्न गरेको पार्टीका जिल्ला सचिव सञ्जय सीले जानकारी दिए ।

जिल्लाका विभिन्न स्थानमा भएको कोणसभालाई पार्टीका जिल्ला नेताहरूले सम्बोधन गरेका थिए। झापाको दमकमा भएको कोणसभालाई सम्बोधन गर्दै पार्टीका जिल्ला इन्चार्ज प्रशान्त सीले जिल्लामा धेरै वित्तीय संस्थाहरुको अराजकता अझै पनि कायम रहेकोले यथाशीघ्र नरोके कारबाही प्रक्रिया निरन्तर अगाडि बढ्ने चेतावनी दिएका छन् ।

नेता प्रशान्तले यसअघि जिल्लाका विभिन्न स्थानमा रहेका धेरै वित्तीय संस्थाहरुलाई सम्झाई बुझाई गरिएको, केही मिटरब्याजिहरुलाई कारबाही प्रक्रियामा ल्याएको स्मरण गराउँदै अब भ्रष्टाचार तथा बेथितिका बिरुद्व निर्मम संघर्ष गरिने चेतावनी दिएका छन् ।

त्यस्तै झापाको गौरादहमा भएको कार्यक्रमलाई पार्टीका जिल्ला सदस्य विज्ञानले सम्बोधन गरेका थिएभने ,झापा गाउँपालिकामा जनसत्ता प्रमुख चमनलाल सि ,बाह्रदशिमा, रमेश सी भद्रपुरमा गोपी सी , शताक्षीमा खेम सी, बुद्वशान्तिमा रोस्नि सी लगायतका नेताहरुले सम्बोधन गरेको नेपाल पार्टीका जिल्ला सचिव सञ्जय सी ले जानकारी दिए।

उक्त मसाल जुलस सहितको कोणसभामा उपस्थित नेताकार्यकर्ता तथा जनताले दलाल संसदीय पुजीवादी ब्यवस्था – मुर्दाबाद ! , नेपाली नागरिकलाई शरणार्थी बनाउने गिरोहलाई कार्वाही -गर ! , भ्रष्टाचारिलाइ कारबाही गर !, लघुवित्त तथा वित्तीय संस्थाको ज्यादती बन्द गर, एकीकृत जनक्रान्ती जिन्दाबाद !
बैज्ञानिक समाजबाद जिन्दावाद !!
नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद ! लगायतका नाराबाजी गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।