१२ श्रावण २०८१, शनिबार

प्रवासी नेपालीद्वारा `वीरजङ्‌ग स्मृति पुस्तकालय’ लाई पुस्तक प्रदान

0

कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टी निकट भारतमा रहेका प्रवासी नेपालीहरूको सङ्‌गठन ‘प्रवासी नेपाली जनसमाज ‘भारत’ ले वीरजङ्‌ग स्मृति पुस्तकालयलाई १ सय९ थान पुस्तक तथा पुस्तिका प्रदान गरेको छ ।

नेपाली रुपैयाँ ३२ हजार मूल्य बराबरको ती पुस्तकहरु नेता आजाद सेनले कपिलवस्तु, शिवराजस्थित पुस्तकालयको कार्यालयमा पुस्तकालयका अध्यक्ष अनिल सी लाई प्रदान गरेका हुन ।

प्रदान गरिएका किताबहरुमा नेपाली, हिन्दी, भोजपुरी र अङ्ग्रेजी भाषामा लेखिएका पुस्तकहरु रहेका छन् । ती पुस्तकहरु शुक्रबार एक कार्यक्रमबिच हस्तान्तरण गरिएको थियो भने प्राप्त पुस्तकहरू ग्रहण गर्दै पुस्तकालयका अध्यक्ष अनिल सी ले सहयोगका लागि सङ्‌गठन, र भारतीय भूमीमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई संस्थाको तर्फबाट धन्यावाद दिएका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।