२२ भाद्र २०८१, शनिबार

नेपाली भुमिलाई आफ्नो नक्सामा राख्नु मोदी सरकारको अतिक्रमणकारी चिन्तन

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीले भारतको नवनिर्मित संसद भवनको अगाडि राखिएको अखण्ड भारत भनिएको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनीलाई राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै बिरोध जनाएको छ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवद्वारा बुधबार जारी प्रेस बिज्ञप्ती मार्फत उक्त निर्णयको बिरोध गर्दै मोदी सरकारको हस्तक्षेपकारी र अतिक्रमणकारी चिन्तनको उपज भएको बताएको हो।

महासचिव विप्लवद्वारा जारी बिज्ञप्तीमा नेपाल कम्युनिस्ट पार्टी यसप्रकारको भारतीय रबैयाको घोर निन्दा र भर्त्सना गर्दछ भनिएको छ।

त्यस्तै बिज्ञप्तीमा “भारतीय संसद भवनको नक्साबाट नेपाली भुमि कपिलवस्तु र लुम्बिनीलाई तुरुन्त हटाउन राजनीतिक एवं कुटनीतिक पहल अगाडि बढाउन नेपाल सरकारसँग जोडदार माग गर्दछ” समेत भनिएको छ।

यस्तो छ बिज्ञप्तीको पुर्णपाठ:
हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्धघाटन गरेको नवनिर्मित संसद भवनको अगाडि राखिएको अखण्ड भारत भनिएको नक्सामा नेपालको कपिलवस्तु र लुम्विनीलाई राखिएको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण  भएको छ । नेपाली भुमिलाई आफ्नो देशको नक्सामा राख्ने मोदी सरकारको यो कार्य हस्तक्षेपकारी र अतिक्रमणकारी चिन्तनको उपज हो । हाम्रो पार्टी यसप्रकारको भारतीय साम्राज्यवादी रबैयाको घोर निन्दा र कडा भर्त्सना गर्दछ । भारतीय संसद भवनको नक्साबाट नेपाली भुमि कपिलवस्तु र लुम्बिनीलाई तुरुन्त हटाउन राजनीतिक एवं कुटनीतिक पहल अगाडि बढाउन नेपाल सरकारसँग जोडदार माग गर्दछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।