१६ बैशाख २०८१, आईतवार

समानता र स्वतन्त्रता भनेको समाजवाद हो : विकल्प सी

0

नेपाल कम्युनिस्ट पार्टीका पूर्वी ताम्सालिङ ब्युरो इन्चार्ज विकल्प सी ले ‘पार्टी केन्द्रीय समितिको एकता विशेष बैठकद्वारा पारित दस्तावेज नयाँ राजनैतिक उद्घोषण र क्रान्तिकारी कार्ययोजना’ भएको बताए ।
नेकपाको हालै मात्र सम्पन्न एकता विशेष बैठकका निर्णयहरुलाई गम्भीरतापूर्वक सम्प्रेषण गर्न र कार्यान्वयन गर्न आयोजित पूर्वी ताम्सालिङ ब्युरोको बैठकमा उनले सो कुरा बताएका हुन् ।
बिहीबार सम्पन्न ब्यूरोको विशेष बैठकमा उनले, ‘ जनताले भोगिरहेको दुःख-कष्ट र चौतर्फी बढिरहेको विभिन्न बाह्य हस्तक्षेप र अतिक्रमणका विरुद्धमा संघर्षको नयाँ मोर्चा खोलेर योजनाबद्धढंगले लड्नु पर्ने बताए ।
भिन्नाभिन्नै ताल्चा खोल्न भिन्नाभिन्नै साँचो चाहिन्छ भनेझैँ अहिलेको राष्ट्रिय संकटलाई समाधान गर्न समाजवादी मोर्चाले नयाँ विकल्प वा अग्रगामी निकास दिने बताए ।

सुख-समृद्धि ल्याउन र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न दलाल पुँजीवादी संसदवादको अन्त्य हुनुपर्ने माग यतिबेला सबैतिर बढिरहेको छ ।

राष्ट्रिय संकटले अग्रगामी निकास खोजिरहेको बेला नेपाल कम्युनिष्ट पार्टीले देशैभरि बैठक र प्रशिक्षण गर्दै आएको छ ।

ब्युरो इन्चार्ज विकल्पले भने, ‘अबका विद्रोह या क्रान्तिहरु प्रतीकात्मक र आवेगात्मक मात्र हुनेछैनन् । स्वतःस्फूर्त निर्णायक पनि बन्ने छैनन् । निश्चितरुपमा योजनाबद्ध विद्रोहको तयारी आवश्यक पर्छ । अबको समय यही नै हो ।’अज्ञानताले निराशा मात्रै ल्याउँछ । नयाँ परिस्थितिमा नयाँ ज्ञानलाई प्रयोग गर्नुपर्ने आवश्यकता हुने बताउँदै उनले, ‘एकीकृत जनक्रान्ति आजको समयको वस्तुसंगत ज्ञान हो । नयाँ आविष्कार हो । यो वर्गसंघर्ष, उत्पादनको निम्ति संघर्ष र राजनीतिक संघर्ष सँग जोडिएको छ । ज्ञानको विकास जहिल्यै पनि वर्गसंघर्ष या कार्यशालाबाट हुने गर्छ ।’ भनेर स्पष्ट गरे ।नेकपाको नवौं महाधिवेशनले दर्शन, राजनीति, अर्थतन्त्र, समाज, ज्ञानविज्ञान र संस्कृतिका क्षेत्रमा थुप्रै नयाँ संश्लेषणहरू गरेको छ । उक्त प्रसंगमा
उनले, ‘माओको निधनपछि दर्शनमा रहेको सङ्कटलाई नेकपाले पूरा गरेको बताए । अनिश्चयको सिद्धान्त, रक्षा र रुपान्तरणको नयाँ संश्लेषित दर्शनले अहिलेको विश्व र क्रान्तिलाई बुझ्न सकिने बताए ।’

संसारभरी भइरहेका जनसंघर्ष, लडाई र युद्धका बारेमा चर्चा गर्दै उनले भने, ‘आज विश्वभरि नै समानता र स्वतन्त्रताका पक्ष र विपक्षमा लडाइँ भइरहेको छ । समानता र स्वतन्त्रता भनेकै समाजवाद हो ।’

दिनभरी चलेको उक्त बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज बिन्दु सी, बैकल्पिक केन्द्रीय सदस्य तथा दोलखा जिल्ला इन्चार्ज अर्जुन सी, केन्द्रीय सल्लाहकार यादव सी, केन्द्रीय जनप्रतिनिधि समिति सदस्य तथा तामाङ राष्ट्रिय मुक्ति मोर्चाका संयोजक प्रेरक सी, केन्द्रीय जनप्रतिनिधि सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज चैतन्य सी, केन्द्रीय जनप्रतिनिधि समिति सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज किरण सी, केन्द्रीय जनप्रतिनिधि समिति सदस्य तथा जबस ईन्चार्ज युगीन सी, केन्द्रीय जनप्रतिनिधि समिति सदस्य प्रताप सी लगायतले ब्युरोको योजना निर्माण र कार्यान्वयनमा सक्रियतापूर्वक वैठकमा भाग लिएका थिए ।

त्यसैगरी काभ्रे जिल्ला सेक्रेटरी सुरेन्द्र सी, सिन्धुपलान्चोक जिल्ला सेक्रेटरी युगीन सी, दोलखा जिल्ला सेक्रेटरी राजकुमार सी ले आ-आफ्नो कार्य क्षेत्रको प्रगति रिपोर्ट सहित छलफलमा भाग लिएका थिए ।

त्यसैगरी उक्त बैठकमा जबसका व्यूरो संयोजक तथा इन्चार्जहरू समेतले उत्साहवर्द्धकढंगले रिपोर्ट राखेका थिए । अखिल (क्रान्तिकारी) का ब्युरो इन्चार्ज दयाराम सी, अखिल नेपाल महिला संघ क्रान्तिकारीका व्यूरो संयोजक पवित्रा सी, जन पत्रकार संगठन नेपालका सचिवालय सदस्य तथा ब्युरोका साहस सी, श्रमिक समुदायका व्यूरो संयोजक नवीन सी, उद्योग-ब्यापार महासंघका व्यूरो संयोजक सिताराम सी, थामी मुक्ति मोर्चाका संयोजक जीतबहादुर सी लगायतले ब्युरोको कार्यक्षेत्रमा वस्तुवादी योजना निर्माण गर्न महत्वपूर्ण सुझाव सहित छलफल गरेका थिए । रामेछाप जिल्लाका पूर्व सेक्रेटरी तीर्थ सी, दोलखा जिल्लाका पूर्व सेक्रेटरी राजन सी समेत आमन्त्रित भई सहभागी भएका थिए ।
बैठकले अभूतपूर्व सङ्कटबाट गुज्रिरहेको स्थितिमा पार्टीको काँधमा आएको ऐतिहासिक जिम्मेवारीलाई पूरा गर्न अझ तीव्रताले जनसेवा र जनसंघर्षमा जुट्नुपर्ने निष्कर्ष निकालेको थियो ।

ब्युरोको यो विशेष बैठकले विभिन्न राजनीतिक एवं वैचारिक कार्यक्रमहरु र संघर्षका योजनाहरु निर्माण गरेको छ । केन्द्रको योजनालाई दृढतापूर्वक आफ्नो कार्यक्षेत्रमा परिणाममुखी बनाउन दिशानिर्देश गरेर सबैलाई सफलताको निम्ति शुभकामना प्रदान गर्नुहुदै ब्युरो इन्चार्ज विकल्प सी ले बैठकलाई समापन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।