१८ बैशाख २०८१, मंगलवार

नेकपा काठमाडौंले सार्वजनिक सम्पत्ति बचाऊ अभियान सञ्चालन गर्ने

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी ३ नं. जिल्ला समिति काठमाडौंले ‘सार्वजनिक सम्पत्ति बचाऊ अभियान’ सञ्चालन गर्ने भएको छ । नेकपाले जिल्लाभित्र भएका सार्वजनिक सम्पत्तिमाथि विभिन्न व्यक्ति र निकायले हडप्न खोजेको भन्दै यसको रक्षाका लागि ‘सार्वजनिक सम्पत्ति बचाऊ अभियान’ सञ्चालन गर्ने भएको हो ।

शनिबार सम्पन्न जिल्लाको तेस्रो पूर्ण बैठकले राष्ट्रघात र भष्टचारका विरुद्ध सशक्त संघर्ष गर्ने, मिटरव्याजी, लघुवित्तले जनतालाई दिएको हैरानीका विरुद्ध संघर्ष  गर्ने, सार्वजनिक सम्पत्ति बचाऊ अभियान सञ्चालन गर्ने, किसानहरूलाई  मल र बिऊको अभावले खेप्नु परेको समस्याका विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ ।

साथेै जनआधारित पार्टी, जनआधारित नेता कार्यकर्ताको विकास गर्ने र नयाँ पुस्ताको गतिशिल विशेषतालाई क्रान्तिमा जोड्न संगठन विस्तारमा जोड दिने निर्णय गरेको जिल्ला इन्चार्ज भृकुटी सीले बताइन् । बैठकमा नेकपा पोलिट व्युरो सदस्य प्रज्वल सीको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला सचिव दिव्य सीको अध्यक्षता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।