७ जेष्ठ २०८१, सोमबार

अमेरिकाको योजनामा समाजवादी मोर्चा बन्न नदिने षड्यन्त्र हुन खोज्दैछ: अनिल सी

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रकाशन एवम् प्रचारप्रसार बिभाग इन्चार्ज अनिल सी ले अमेरिकी योजना अन्तर्गत समाजवादी संयुक्त मोर्चा विरुद्ध षड्यन्त्र सुरु भएको  टिप्पणी गरेका छन।जनपत्रीका डटकमसंग बुधबार कुराकानी गर्दै नेता अनिल सीले यस्तो टिप्पणी गरेका हुन।

“माओवादी केन्द्र भित्रको एउटा खेमालाई पछिल्लो पटक अमेरिकाले किनिसकेको छ ,उसले साम्राज्यवाद विरुद्ध र रास्ट्रीय स्वाधीनताका लागि कम्युनिस्ट समाजवादी पार्टीबिच मोर्चा बन्न नदिन षड्यन्त्र गर्ने र रोक्ने प्रयास गरिरहेको छ त्यसैको पछिल्लो सन्दर्भ हिजो मात्रै केहि सञ्चार माध्यमहरुमा विप्लव माओवादीमा फर्किन खोजेको भनेर भ्रम पैदा गर्न प्रयास गरियो”- नेता अनिलले भने -“नेपालमा एमसीसी लगाएतका अमेरिकासङ्ग गरिएका सम्झौता भएपछि देश पुरै अमेरिकी नियन्त्रणमा फस्ने खतरा छ, त्यस विरुद्ध हामीले विभिन्न कम्युनिस्ट पार्टी , देशभक्त र समाजवादी सम्मीलित मोर्चा बनाउन खोजेका छौं ।”

नेपाल कम्युनिस्ट पार्टीले रास्ट्रीय स्वाधीनताको रक्षा र समाजबादी आन्दोलनलाई नयाँ उचाइमा उठाउन संयुक्त मोर्चाको आवश्यकता रहेको निष्कर्ष सहित राजनीतिक दलहरुसङ्ग सम्बाद अगाडि बढाई रहेको छ।  नेपाल कम्युनिस्ट पार्टीले मुद्दा मिल्नेहरुसङ्ग मोर्चा निर्माण गर्ने नीति लिएको भएपनि प्रचण्ड वा अन्य कुनैपनि पार्टीसङ्ग एकताको कुरा अहिले संभव नरहेको कुरा नेकपा सम्वद्द नेताहरू बताउछन् भने उता माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्ण बहादुर महरा र बाबुराम भट्टराईले समेत साझा मुद्दामा सहकार्य गर्नुपर्ने तर अहिले पार्टी एकताबारे कुनै छलफल र कुराकानी नभएको कुरा यसअघि नै एक सार्वजनिक कार्यक्रममा बताएका थिए।

“पार्टी एकता र संयुक्त मोर्चा भन्ने कुरालाई एउटै अर्थमा बुझ्न नमिल्ने र मोर्चा बनाउने कुरा कुनैपनि राजनीतिक दलका आ- आफ्ना रणनीतिक उदेश्यहरु यथावत राखेर मिल्ने बिषयमा मोर्चा निर्माण गर्ने कुरा हो”- नेता अनिलले भने।

नेपालमा राजनीतिक -आर्थिक संकट बढ्दै गएको, पुराना संसदवादी दलहरू असफल र बदनाम बन्दै गएको र अमेरिकाले चीन विरुद्धको मोर्चालाई नेपालबाट मजबुत र सफल पार्न सिके रावत, गगन थापा र रवि लामिछनेहरुको नयाँ मोर्चाबन्दी निर्माण गर्न खोजिरहेको चर्चाबिच नेपाल कम्युनिस्ट पार्टीले देशको स्वाधीनताको लागि देशभक्त शक्तिहरुलाई एकताबद्द गर्ने र साम्राज्यवाद विरुद्ध संयुक्त मोर्चा निर्माण गर्नु देशको ऐतिहासिक आबश्यकता रहेको निष्कर्ष निकालेको देखिन्छ भने प्रचण्डलाई जनयुद्धकालिन मुद्दामा दवाबमा राख्न खोज्दा समेत मौन देखिएको माओवादी भित्रकै एउटा हिस्सा जसरी पनि मोर्चालाई असफल बनाउन लागिपरेको बिष्लेषण छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।