२४ बैशाख २०८१, सोमबार

पुन थरलाई अलग्गै जातिको रुपमा पहिचानकृत गर्ने कार्य सच्याउन माग

0

काठमाडौ /मगर जातिभित्रको पुन थरलाई अलग्गैं जातिको रुपमा पहिचानकृत गर्ने नेपाल सरकारअन्तर्गत राष्ट्रिय तथ्यांक कार्यालयको कदमप्रति मगर मुक्ति मोर्चा, नेपालले गंभीर आपत्ति प्रकट गर्दै उक्त निर्णय तुरुन्त सच्याउन माग गरेको छ। बुधबार मोर्चाका अध्यक्ष सुदर्शन मंगोलले एक प्रेस बिज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन।

अध्यक्ष मंगोलद्वारा हस्ताक्षरित बिज्ञप्तीमा २०८० जेठ १९ गते राष्ट्रिय तथ्यांक कार्यालयले जारी गरेको तथ्यांकमा पुन मगरलाई मगर जातिबाट टुक्राएर अलग्गैं जातिको रुपमा सार्वजनिकीकरण गरिएको, यो मुलतः राष्ट्रिय जनगणना २०७८ को जाति, भाषा र धर्मसम्बन्धी आदिवासी जनजातिहरुको वास्तविक विवरणलाई तोडमोड गरिएको र नेपालका विभिन्न जात – जातिबिच बिभाजन ल्याएर साम्राज्यवादले षड्यन्त्र गर्न खोजेको भन्दै उक्त निर्णय सच्याउन पर्ने अन्यथा यस विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ।

यस्तो छ बिज्ञप्तीको पुर्णपाठ:

जाति जातिबीच विभाजन ल्याएर फुट पार्ने साम्राज्यवादी रणनीतिलाई बल पुग्नेगरी हालैं मगर जातिभित्रको पुन थरलाई अलग्गैं जातिको रुपमा पहिचानकृत गर्ने नेपाल सरकारअन्तर्गत राष्ट्रिय तथ्यांक कार्यालयको कदमप्रति मगर मुक्ति मोर्चा, नेपाल गंभीर आपत्ति प्रकट गर्दछ ।
यही २०८० जेठ १९ गते राष्ट्रिय तथ्यांक कार्यालयले जारी गरेको तथ्यांकमा पुन मगरलाई मगर जातिबाट टुक्राएर अलग्गैं जातिको रुपमा सार्वजनिकीकरण गरिएको छ । यो मुलतः राष्ट्रिय जनगणना २०७८ को जाति, भाषा र धर्मसम्बन्धी आदिवासी जनजातिहरुको वास्तविक विवरणलाई तोडमोड गरिएको छ । यस्तो काम तथ्यांक कार्यालयले तुरुन्त सच्चाउन जरुरी छ ।

नेपालको जनसंख्याको हिसाबले तेस्रो ठूलो जाति मगरलाई फुटाएर आफ्नो लुटको स्वार्थ पूर्ती गर्ने प्रतिगामी र प्रतिक्रियावादीहरुको रणनीतिलाई समयमै बुझेर यस्ता हर्कत र षडयन्त्रकाविरुद्ध सिंगो मगर समुदाय सचेत र सावधान बन्न आवश्यक छ ।

सिंगो मानव जातिलाई एउटै जाति बनाउनेतिर जानुपर्ने आजको ऐतिहासिक आवश्यकतालाई कमजोर पार्ने सबैखाले प्रतिगामी र साम्राज्यवादीहरुको रणनीतिलाई खारेज गरेर अघि बढ्नु पर्छ । नेपाल सरकारअन्तर्गत तथ्यांक कार्यालयको जाति जातिबीचमा फुट पार्ने कदम घोर आपत्तिजनक छ । यसर्थ तथ्यांक कार्यालयले यो कार्य अविलम्ब सच्चाउन हामी आग्रह गर्दछौं । नत्र आन्दोलनको जनबलले सबैखाले षडयन्त्रहरुलाई धुजाधुजा पार्नेछ र सिंगो मगरहरु एकीकृत भएर अगाडि बढ्नेछन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।