१३ बैशाख २०८१, बिहीबार

नेकपा काभ्रेद्वारा प्रताप सीलाई स्वागत

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका प्रतापलाई नेकपा काभ्रे जिल्ला समितिले खादा लगाएर स्वागत गरेको छ । जिल्ला पार्टी कार्यालयका तर्फबाट सेक्रेटरी सुरेन्द्र सीले प्रतापलाई स्वागत गरेका हुन् । उक्त अवसरमा काभ्रे जिल्लाका इन्चार्ज बिन्दु सी, राष्ट्रिय तामाङ मुक्ति मोर्चाका संयोजक प्रेरक सी, पार्टीको केन्द्रीय सल्लाहकारदव सी र पूर्वी ताम्सालिङ ब्युरोका इन्चार्ज विकल्प सी समेत सहभागी थिए । सेक्रेटरी सुरेन्द्रले आफैले पार्टीमा सम्पर्क सुत्र अघि बढाएको कार्य अहिले एकता भएर यहाँसम्म आइपुग्दा खुसी भएको प्रतिक्रिया दिएका थिए ।
उक्त अवसरमा प्रताप सीले नेपाल कम्युनिष्ट पार्टीका आदरणीय महासचिव विप्लवको नेतृत्वमा परिवर्तनका महान आशा र आकांक्षाहरुलाई पूरा गर्न सकिन्छ भनेर ध्रुवीकरणमार्फत एकतामा समाहित भएको र कम्युनिस्ट आन्दोलन भित्रका विभिन्न नकारात्मक विगत र कमीकमजोरीलाई रुपान्तरण गरेर क्रान्तिलाई विजयी बनाउनेमा आफू पूर्ण विश्वस्त र प्रतिबद्ध भएको बताए । क्रान्तिमा आफ्नो कुनैपनि स्वार्थ र सर्त नभएकोले वैशाख २३ गते आदरणीय नेतृत्व महासचिव विप्लवले पार्टीमा स्वागत गर्दाको क्षण इतिहासकै गर्विलो क्षण भएको स्मरण गरे । ‘इतिहासले प्रदान गरेको जिम्मेवारी र प्रश्नलाई व्यवहारबाट प्रमाणित र जवाफ दिनुपर्ने मार्क्सवादी कर्तव्य पूरा गर्न आम श्रमिक जनतालाई साथमा लिएर अघि बढ्नुपर्छ’, उनले भने ।
अनुभूति साटासाट गर्नेक्रममा केन्द्रिय प्रतिनिधि समिति सदस्य तथा तामाङ राष्ट्रिय मुक्ति मोर्चाका संयोजक प्रेरक सीले सहयोद्धा प्रताप सीलाई पार्टीमा सँगै क्रियाशील भएको देख्न पाउँदा अत्यन्तै खुशी लागेको बताए । अनिश्चय, रक्षा र रुपान्तरणको दार्शनिक दृष्टिकोण बुझ्ने र प्रयोग गर्ने सन्दर्भमा काभ्रे जिल्लामा जहिले पनि अभिभावकीय भूमिका निर्वाह गर्नेमा कमी आउन नदिने बताएका थिए ।
कम्युनिस्ट आन्दोलनमा एकता, संघर्ष र रुपान्तरण तीव्र गतिमा अघि बढिरहँदा अन्तरविरोध बढाउने, छिद्रहरू खोज्ने र द्वन्द्वहरु भड्काउने किसिमका हर्कतहरु हुने गरेको तर एकीकृत जनक्रान्तिले कहिल्यै छुट नदिएर अघि बढेको सन्दर्भ उल्लेख गर्दै केन्द्रीय सल्लाहकार यादव सी, जिल्ला इन्चार्ज विन्दु सी, ब्युरो इन्चार्ज विकल्पले सबैलाई धन्यवाद समेत दिएका थिए ।
प्रताप सीको नेतृत्वमा ४१ जना सदस्यहरु नेकपामा एकताबद्ध भएकोले पूर्वी ताम्सालिङ ब्युरोमा क्रान्तिकारी उत्साह वृद्धि भएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।