१४ बैशाख २०८१, शुक्रबार

रौतामाईमा शिक्षक अन्यायपूर्ण अवकास र नियुक्तिबारे नेकपा उदयपुरकाे गम्भिर ध्यानाकर्षण

0

उदयपुर: रौतामाई गाउँपालिकाकाे श्री जनता मा. वि. रसुवा लाफागाउँमा मा.शि. राहत (अंग्रेजी) शिक्षकको अन्यायपूर्ण अवकास र नियुक्ति सम्बन्धि विषयमा नेपाल कम्युनिस्ट पार्टी उदयपुरले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टीका जिल्ला इन्चार्ज अमृत सी र सेक्रेटरी जित बहादुर सीले प्रेस विज्ञप्ति जारी गरि विद्यार्थीहरुको भविष्य बर्वाद भैरहेको साथै झन् बढी निराशा, वितृष्णा र अन्धकारतिर धकेलिरहेको विषयमा आफ्नाे विश्वासयोग्य वातावरण सिर्जना गरी समस्याको समाधान गर्न अनुरोध गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, अन्यथा अभिभावक र विद्यार्थीको भविष्य र विश्वास माथि गरिने खेलवाडको उचित प्रतिक्रिया दिन बाध्य हुने कुरा अवगत गराउँदै यसबाट उत्पन्न हुने परीस्थितिको जिम्मेवार सम्बन्धित पक्षले नै व्यहोर्नु पर्ने व्यहोरा समेत जानकारी गराउँदछौं ।’

विज्ञप्तिकाे पूर्ण पाठ-

रौतामाई गाउँपालिका वडा नं. ३ साविक लाफागाउँ स्थित श्री जनता मा. वि. रसुवा लाफागाउँमा मा.शि. राहत (अंग्रेजी) शिक्षकको अन्यायपूर्ण अवकास र नियुक्ति सम्बन्धि विषयमा हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ ।
त्यस विद्यालयमा कार्यरत शिक्षक युवराज कार्की राजनितिक आस्थाका हिसाबले हामी निकट शिक्षक संगठनमा आवद्ध हुनुहन्थ्यो । उहाँलाई झुठो आरोपमा पूर्वाग्रहपूर्ण तरिकाले कथित म्याद नथप्ने बहानामा अवकास गरियो । न्यायका लागि सम्मानित उच्च अदालतमा रिटमा गईरहँदाको अवस्थामा रौतामाई गाउँपालिका शिक्षा शाखा प्रमुख गोविन्द कार्की, सामाजिक समितिका अध्यक्ष होम बहादुर दाहाल, सम्बन्धित वडा अध्यक्ष दिपेन्द्र दाहाल, वि.व्य.स. अध्यक्ष रत्न कुमार राई एवं प्रधानाध्यापक शारदा खड्का समेतले रिट निवेदन फिर्ता ल्याउन गरिएको प्रस्तावलाई स्विकार्दै रिट निवेदन निकाल्ने काम भयो साथै लामो समयबाट पठनपाठनमा भएको अवरोध र ढिलासुस्ती जस्ता समस्यालाई समाधान र छिटो निकास दिने छलफल अनुरुप पुनः रिक्त दरबन्दीमा विज्ञापन खोल्ने कार्य भयो तर विडम्बना नै भनौं आयोगको मापदण्ड विपरितको प्रश्नपत्र तयार गरेर सवैलाई अनुतिर्ण गराउने सम्मको हर्कतले एकातिर सम्बन्धित पक्षपट्टी शंका र अविश्वास पैदा हुने नै भयो । त्यो भन्दा बढी सम्पूर्ण विद्यार्थीहरुको भविष्य बर्वाद भैरहेको साथै झन् बढी निराशा, वितृष्णा र अन्धकार तिर धकेलिरहेको विषयमा हाम्रो पार्टी देश र जनताको पक्षमा निरन्तर संघर्षमा अगाडि बढिरहेको हुँदा कुनै पनि हालतमा त्यस्ता हर्कत गर्नेलाई क्षम्य मान्न र दिन नसकिने हुँदा तत्काल आफ्नो तर्फबाट भएका कमीकमजोरी र खेलवाडको अन्त्य गरी विश्वासयोग्य वातावरण सिर्जना गरी समस्याको समाधान गर्न अनुरोध गर्दछ | अन्यथा अभिभावक र विद्यार्थीको भविष्य र विश्वास माथि गरिने खेलवाडको उचित प्रतिक्रिया दिन बाध्य हुने कुरा अवगत गराउँदै यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित पक्षले नै व्यहोर्नु पर्ने व्यहोरा समेत जानकारी गराउँदछौं ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।