६ बैशाख २०८१, बिहीबार

वैज्ञानिक समाजवाद ल्याउने पहिलो भूमिका युवा संगठनको हो : शिलु सी

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा जवस फ्याक्सन इन्चार्ज शिलु सीले वैज्ञानिक समाजवाद ल्याउने पहिलो भूमिका युवा संगठन नेपालको हुने बताएका छन् ।
युवा संगठन नेपाल छैठौ पूर्ण बैठकमा प्रशिक्षण दिदै नेतृ शिलुले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादको लक्ष्य प्राप्त गर्नका लागि युवाहरूको अग्रहणी भूमिका रहने समेत बताइन् । उनले आफ्नाे पार्टीको नेता, कार्यक्रम, कार्यनीति, रणनीति, सही विचार भएकोले उच्च मनोबलका साथ आफ्नो कार्यक्षेत्रमा गएर बैठकले लिएका योजना तीब्र गतिमा कार्यान्वयन गर्न निर्देशन दिइन् ।
साथै कम्युनिस्ट पार्टी एकता समाजवादी मोर्चा दलालसत्ता अन्त्य र  वैज्ञानिक समाजवाद प्राप्तिको निम्ति रहेको बताइन् ।
युवा संगठन नेपालका केन्द्रिय अध्यक्ष पाटन सीले कम्युनिस्टहरु टुटफुट विभाजन मात्र होइन सम्राज्यवादीको विरुद्ध फेरि पनि एकजुट हुनसक्छ भन्ने पार्टी एकता र समाजवादी मोर्चाले सन्देश प्रवाह गरेको बताउदै जनआधारित नेता जनआधारित संगठन निर्माण गर्न निर्देशन दिए । संगठनका अध्यक्ष पाटन सीको अध्यक्षतामा बसेको उक्त छैठौ पूर्ण बैठककाे संचालनकाे संगठनका महासचिव तिलक सीले गरेका थिए । मेष व्यवस्थापन सामाना कलाकार परिवारले गरेको थियो ।
युवा संगठनले उत्पादनको क्षेत्रमा सी भान्सा घर खोल्ने निर्णय गर्नुका साथै दलाल, भ्रष्टाचारी, मिटरब्याजी लघुवित्तीय संस्थाको चर्को ब्याजदर, महङ्गीको विरुद्ध सशक्त संघर्ष गर्ने निर्णय गरेकाे छ । जेठ २४ देखि २५ गतेसम्म चलेको उक्त बैठक  विभिन्न महत्त्वपूर्ण दूरगामी निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।